काठमाडौं। कपिलवस्तुमा आज थप ८ जनालाई कोभिड–१९ पुष्टि भएसँगै संक्रमितको संख्या २९ पुगेको छ। त्यसमध्ये एक जना जिल्ला अस्पताल तौलिहवामा कार्यरत स्टाफ नर्स भएको खुलेको छ।

प्रदेश-५ को प्रदेश स्वास्थ्य निर्देशनालयका प्रवक्ता रोशनलाल चौधरीले जिल्ला अस्पताल तौलिहवामा कार्यरत स्टाफ नर्स संक्रमित भएको देखापढीलाई बताए।

“२९ जना संक्रमितमध्ये बाँकी २८ जना भारतको मुम्बईबाट आएर क्वारेन्टाइनमा बसेकाहरू छन् तर, यी संक्रमितलाई कोरोना भाइरस संक्रमण कसरी भयो भन्ने खुलेको छैन”, उनले देखापढीसँग भने।

आज मात्रै कपिलवस्तुमा आठजना नयाँ कोभिड–१९ संक्रमित भेटिएका छन्। संक्रमण देखिएकी नर्स कपिलवस्तु नगरपालिका-१ की २५ वर्षीया हुन्।

जिल्ला अस्पतालमा कोभिड-१९ पुष्टि भएका कोही पनि पुगेका छैनन्। तर, त्यहाँ कार्यरत नर्सलाई कसरी देखियो भन्ने पनि खुलेको छैन।

“यसको अर्थ कोभिड-१९ पुष्टि नभएका तर, ज्वरो- खोकी वा अन्य रोगको उपचारमा अस्पताल पुगेका बिरामीको सम्पर्कमा पुग्दा उनलाई सरेको हुनसक्छ,” उनले भने, “अहिलेसम्म देखिएकाहरू आएर क्वारेन्टाइमा बसेका मात्र छन्। म तीनदिन कपिलवस्तु घुमेर आएको छु। त्यहाँ लुकिछिपी भारतबाट आएर क्वारेन्टाइनमा नबसी घरमै लुकेकाहरू अन्य पनि धेरै छन् भन्ने सुनिएको छ।”

नेपालमा कोभिड-१९ को उपचारमा अग्र पंक्तिमा खटिएका स्वास्थ्यकर्मीलाई पहिलोपटक संक्रमण देखिएको हो। अस्पतालमा कार्यरत् केही चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको थ्रोट स्वाब नमूना परीक्षणका लागि पठाइएकोमा ती नर्सको नतिजा पोजिटिभ देखिएको हो।

नर्सलाई कोरोना भाइरसको संक्रमण देखिएपछि अन्य स्वास्थ्यकर्मी तथा त्यहाँ कार्यरत कर्मचारीहरूको पनि नमूना परीक्षणको तयारी भइरहेको कपिलवस्तुका सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले देखापढीलाई बताए।

अस्पतालकै स्वास्थ्यकर्मीमा संक्रमण देखिएपछि स्थानीय प्रशासनले कपिलवस्तु क्षेत्रमा थप सुरक्षा सतर्कता अपनाएको छ।

आज नर्सबाहेक कपिलवस्तु नगरपालिकाका-६ का १९ वर्षीय, वडा नम्बर ४ का २५ वर्षीय, वडा नम्बर ५ का ३६ वर्षीय, वडा नम्बर ३ का ३२ वर्षीय, वडा नम्बर ७ का १९ वर्षीय, वडा नम्बर ३ का २० वर्षीय, वडा नम्बर ८ का २५ वर्षीय पुरुषहरूमा संक्रमण भेटिएको थियो।

" /> काठमाडौं। कपिलवस्तुमा आज थप ८ जनालाई कोभिड–१९ पुष्टि भएसँगै संक्रमितको संख्या २९ पुगेको छ। त्यसमध्ये एक जना जिल्ला अस्पताल तौलिहवामा कार्यरत स्टाफ नर्स भएको खुलेको छ।

प्रदेश-५ को प्रदेश स्वास्थ्य निर्देशनालयका प्रवक्ता रोशनलाल चौधरीले जिल्ला अस्पताल तौलिहवामा कार्यरत स्टाफ नर्स संक्रमित भएको देखापढीलाई बताए।

“२९ जना संक्रमितमध्ये बाँकी २८ जना भारतको मुम्बईबाट आएर क्वारेन्टाइनमा बसेकाहरू छन् तर, यी संक्रमितलाई कोरोना भाइरस संक्रमण कसरी भयो भन्ने खुलेको छैन”, उनले देखापढीसँग भने।

आज मात्रै कपिलवस्तुमा आठजना नयाँ कोभिड–१९ संक्रमित भेटिएका छन्। संक्रमण देखिएकी नर्स कपिलवस्तु नगरपालिका-१ की २५ वर्षीया हुन्।

जिल्ला अस्पतालमा कोभिड-१९ पुष्टि भएका कोही पनि पुगेका छैनन्। तर, त्यहाँ कार्यरत नर्सलाई कसरी देखियो भन्ने पनि खुलेको छैन।

“यसको अर्थ कोभिड-१९ पुष्टि नभएका तर, ज्वरो- खोकी वा अन्य रोगको उपचारमा अस्पताल पुगेका बिरामीको सम्पर्कमा पुग्दा उनलाई सरेको हुनसक्छ,” उनले भने, “अहिलेसम्म देखिएकाहरू आएर क्वारेन्टाइमा बसेका मात्र छन्। म तीनदिन कपिलवस्तु घुमेर आएको छु। त्यहाँ लुकिछिपी भारतबाट आएर क्वारेन्टाइनमा नबसी घरमै लुकेकाहरू अन्य पनि धेरै छन् भन्ने सुनिएको छ।”

नेपालमा कोभिड-१९ को उपचारमा अग्र पंक्तिमा खटिएका स्वास्थ्यकर्मीलाई पहिलोपटक संक्रमण देखिएको हो। अस्पतालमा कार्यरत् केही चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको थ्रोट स्वाब नमूना परीक्षणका लागि पठाइएकोमा ती नर्सको नतिजा पोजिटिभ देखिएको हो।

नर्सलाई कोरोना भाइरसको संक्रमण देखिएपछि अन्य स्वास्थ्यकर्मी तथा त्यहाँ कार्यरत कर्मचारीहरूको पनि नमूना परीक्षणको तयारी भइरहेको कपिलवस्तुका सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले देखापढीलाई बताए।

अस्पतालकै स्वास्थ्यकर्मीमा संक्रमण देखिएपछि स्थानीय प्रशासनले कपिलवस्तु क्षेत्रमा थप सुरक्षा सतर्कता अपनाएको छ।

आज नर्सबाहेक कपिलवस्तु नगरपालिकाका-६ का १९ वर्षीय, वडा नम्बर ४ का २५ वर्षीय, वडा नम्बर ५ का ३६ वर्षीय, वडा नम्बर ३ का ३२ वर्षीय, वडा नम्बर ७ का १९ वर्षीय, वडा नम्बर ३ का २० वर्षीय, वडा नम्बर ८ का २५ वर्षीय पुरुषहरूमा संक्रमण भेटिएको थियो।

"> नेपालमा पहिलोपटक देखियो स्वास्थ्यकर्मीमा संक्रमण: Dekhapadhi
नेपालमा पहिलोपटक देखियो स्वास्थ्यकर्मीमा संक्रमण

प्रतिक्रिया दिनुहोस्