काठमाडौंबाट प्यूठान गएका ११ जनामा आरडीटी पोजिटिभ
काठमाडौं। १६ वैशाखमा काठमाडौंबाट प्युठान गएका ११ जनामा आरडीटी परीक्षण गर्दा कोभिड-१९ पोजिटिभ देखिएकाे छ। त्यसमध्ये एकजना भने लमजुङबाट प्यूठान गएका हुन्।

११ जनामध्ये आठजना पुरूष र तीनजना महिला रहेको प्यूठान नगरपालिकाका स्वास्थ्य शाखा अधिकृत दधिराम सुवेदीले बताए।

उनीहरू काठमाडौंबाट गएपछि क्वारेन्टाइनमा बसेका थिए। उनीहरूमा आज आरडीटी परीक्षण गर्दा कोरोन पोजिटीभ देखिएको सुवेदीले बताए।

लमजुङबाट गएका एकजना पुरूष पनि सोही बसमा प्युठान पुगेका थिए। उनीहरू प्युठान नगरपालिका-९, मरन्ठानाका स्थानीय हुन्।

उनीहरूको स्वाब संकलन गरेर पीसीआर परीक्षणको लागि भैरहवा पठाउने तयारी गरिएको सुवेदीले जानकारी दिए।

काठमाडौंको कुन ठाउँबाट गएका हुन् भन्ने विषयमा जानकारी बटुलिरहेको उनकाे भनाइ छ।

प्रतिक्रिया दिनुहोस्