राहतकाे चामल कुहिएकाे भेटिएपछि धनगढी उपमहानगरद्वारा राहत वितरण स्थगित
कैलाली। धनगढी उपमहानगरपालिकाले आफ्ना १९ वटै वडामा राहत वितरण कार्य स्थगित गरेको छ।

उपमहानगरपालिकाले आज एक विज्ञप्ति निकाल्दै राहत वितरण तत्कालका लागि  स्थगित गरिएको जानकारी दिएको हो।

धनगढी उपमहानगरपालिकाले वितरण गरेको राहतको चामल कुहिएको फेला परेपछि स्थानीयले विरोध गर्दै चामल फिर्ता गरेका थिए।

वडा नम्बर ४ र २ मा उपमहानगरपालिकाले खरिद गरी वितरण गरेको चामल कुहिएको फेला परेको भन्दै स्थानीयले फिर्ता गरेका हुन्।

खरिद प्रक्रियाको विषयमा छानबिन भइरहेको र तत्कालका लागि वितरण कार्य स्थगित गरिएको उपमहानगरपालिकाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्