वीरगञ्जका दुईजना पत्रकार पनि कोरोना संक्रमित

काठमाडौं। नेपालमा पहिलोपटक दुईजना पत्रकारमा पनि कोभिड-१९ को संक्रमण देखिएको छ।

वीरगञ्जमा कार्यरत दुईजना पत्रकारमा संक्रमण देखिएको नारायणी उपक्षेत्रीय अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.मदन उपाध्यायले बताए।

पर्सामा आज देखिएका ३९ जना मध्ये दुईजना पत्रकार हुन्।

संक्रमणको जोखिम देखिएको क्षेत्रबाट नियमित समाचार संकलन गर्दै आइरहेका उनीहरू आफैंले जाँचका लागि नमूना दिएका थिए।

उनीहरूसहित ३९ जनालाई नै आइसोलेसनमा राखिएको छ।