चलचित्र विकास बोर्डमा कसले मार्ला बाजी ?
काठमाडौं। चलचित्र विकास बोर्डको अध्यक्षका लागि १० जनाको आवेदन परेको छ।

बोर्ड अध्यक्ष केशव भट्टराईको निधनपछि ६ महीनादेखि रिक्त रहेको उक्त पदका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले १६ वैशाखमा सूचना जारी गरेको थियो।

मन्त्रालयका अनुसार आज अन्तिम दिनमा बोर्डको अध्यक्षका लागि १० जनाले निवेदन दिएका छन्।

बोर्ड अध्यक्षका लागि अभिनेता भूवन केसी, निर्माता अर्जुनकुमार डङ्गोल, निर्देशक दयाराम दाहाल, कलाकार सोहित मानन्धरलगायतको उम्मेदवारी परेको छ।

त्यस्तै लय संग्रौला, राजेन्द्र उप्रेती, राजेश थापा, ध्यानबहादुर सुब्बा, परशुनारायण चौधरी र दीपक श्रेष्ठले पनि आवेदन दिएका छन्।

आवेदनमाथि आवश्यक छलफल तथा अनुसन्धानपछि बोर्डको अध्यक्ष नियुक्त गरिने मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए। आवेदन दिएकाहरूमध्येबाट प्रतिस्पर्धा गराएर अध्यक्ष बनाइने तिवारीके भनाइ छ।

चलचित्रकर्मी तथा चलचित्र क्षेत्रको समस्याका विषय जानकार रहेको भन्दै आवेदन दिने सबैले बोर्डको अध्यक्ष आफूले पाउनुपर्ने दाबी गरेका छन्।

नायक भूवन केसीले चलचित्र क्षेत्रमा गरेको योगदानको मूल्यांकन गरेर अघि बढ्दा आफूलाई कुनै आपत्ति नरहेको जनाए।

चार दशकदेखि चलचित्र क्षेत्रबाहेक अन्य पेशाका विषयमा समेत आफूले नसोचेको भन्दै राजनीतिक स्वार्थभन्दा योगदानका आधारमा मूल्यांकन गर्न मन्त्रालयसँग आग्रह गरे।

प्रतिक्रिया दिनुहोस्