सिन्धुली। सिन्धुलीमा र्यापिड डाइग्नाेस्टिक टेस्ट (आरडीटी) किट अभाव भएकाे छ।
किट अभाव भएसँगै जिल्लाका विभिन्न स्थानीय तहमा अन्यत्रैबाट काम गर्न आएका कामदारको तत्काल काेभिड-१९ परीक्षण गर्न सकिएकाे छैन।
मदनभण्डारी राजमार्ग सडक खण्डअन्तर्गत सिन्धुली खण्डमा सडक निर्माणको काम पाएका कालिका कन्स्ट्रक्सनका ४४ र अनक कन्स्ट्रक्सनका ३८ मध्ये अनकका २४ को मात्रै सो परीक्षण भएको छ।
अन्यको परीक्षण भने किट्स अभावकै कारण हुन सकेको छैन। सो कन्स्ट्रक्सनले पुल बनाउन अझै २० जना कामदार ल्याउने तयारी गरेको छ।
यस्तै सो लोकमार्गमा काम गर्न ठेकेदार कम्पनीले ल्याएका कामदारको पनि स्वास्थ्य परीक्षण हुन नसक्दा फिक्कल गाउँपालिकाका स्थानीयवासीले विरोध जनाएका छन्। फिक्कलमा २० कामदार सप्तरीबाट आएका र उनीहरूलाई पनि क्याम्पमा राख्न गाउँपालिकाले अनुरोध गरेको छ।
जिल्लाका अरू स्थानीय तहमा समेत विकास निर्माणको कार्य सञ्चालन गर्ने तयारी भइरहँदा किट्सको अभावले स्थानीयवासी त्रसित भएका छन्। सो परीक्षणका लागि स्वास्थ्य संस्था तथा सिन्धुली अस्पतालमा आएकालाई आरडीटीबाहेकका जाँच गरी क्याम्पमा पठाइएको छ।
जिल्लाका राष्ट्रिय गौरवका आयोजनामा काम गर्न विभिन्न जिल्लाबाट कामदार ल्याउँदा कोरोनाको जोखिम बढेको भन्दै स्थानीयवासीले भने स्वास्थ्य जाँच गराउन तथा क्वारेन्टाइनमा राख्नसमेत आग्रह गरिरहेका छन्।
स्वास्थ्य कार्यालयका प्रमुख जीतेन्द्रकुमार शाहले अहिले आरडीटी किट्स नेपालमा नै अभाव भएको जानकारी दिए। “सो परीक्षण गर्दा सबैलाई ढुक्क हुने भएको हुँदा धेरैले आरडीटी परीक्षण गर्न आग्रह गर्ने गर्छन्”, उनले भने।
उनका अनुसार जिल्लामा हालसम्म ५६४ जनाको आरडीटी जाँच गरिएको र सबैको नतिजा नेगेटिभ आएको छ। रासस
" /> सिन्धुली। सिन्धुलीमा र्यापिड डाइग्नाेस्टिक टेस्ट (आरडीटी) किट अभाव भएकाे छ।किट अभाव भएसँगै जिल्लाका विभिन्न स्थानीय तहमा अन्यत्रैबाट काम गर्न आएका कामदारको तत्काल काेभिड-१९ परीक्षण गर्न सकिएकाे छैन।

">