प्रहरीको साइबर ब्युरोले भन्यो- व्यक्तिगत विवरण अरूलाई नदिनोस् <p>काठमाडौं। नेपाल प्रहरीको साइबर ब्युरोले अपरिचित व्यक्तिहरूले अश्लील तस्वीर र भिडिओ पठाउन लगाई ब्ल्याकमेलिङ तथा सामाजिक सञ्&zwj;जालमा पोस्ट गरी चरित्र हत्या गर्ने गरेको उल्लेख गर्दै आफ्नो व्यक्तिगत विवरण नदिन अरू कसैलाई नदिन अनुरोध गरेको छ।</p> <p>&lsquo;म साइबर क्राइमबाट प्रहरी बोलेको&rsquo;, &lsquo;साइबर सेक्युरिटीबाट कल गर्दैछौं&rsquo; भन्&zwj;नेजस्ता भ्रामक विवरण र प्रहरीको हवाला दिँदै चरित्र हत्या गर्ने गतिविधि बढेको ब्युरोको भनाइ छ। ब्युरोका अनुसार यस्ता घटनाको अनुसन्धान भइरहेको छ।</p> <p>&ldquo;फोन, इमेललगायत कुनै पनि माध्यमबाट आफ्नोबारे जानकारी माग भएमा कोही कसैसँग आफ्नो गोप्य वा कुनै पनि किसिमको सूचना आदानप्रदान नगर्नु होला,&rdquo; ब्युरोले भनेको छ। त्यस्ता घटना भएमा सूचना दिन ब्युरोले दुईवटा मोबाइल नम्बर पनि सार्वजनिक गरेको छ। ९८५१२८६७७० र ९८५१२८६७७१ मा आफ्नो काठमाडौं भोटाहिटीस्थित कार्यालयमा सम्पर्क गर्न सकिने ब्युरोको भनाइ छ।</p>
प्रतिक्रिया दिनुहोस्