आफ्ना नागरिक लैजान पाकिस्तान इन्टरनेशनल एअरलाइन्सको विमान काठमाडौंमा

काठमाडौं। अन्तर्राष्‍ट्रिय उडान बन्द भएपछि स्वदेश फर्कन नपाएका पाकिस्तानी नागरिक लिन पाकिस्तान इन्टरनेशनल एअरलाइन्सको विमान काठमाडौं आएको छ।

आज बिहान साढे नौ बजे उक्त विमान त्रिभुवन अन्तर्राष्‍ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।

विमानस्थलको टर्मिनल ड्युटी अफिसका अनुसार नेपालमा रहेका ३० जना पाकिस्तानी नागरिक उक्त विमानमा आजै स्वदेश फर्कंदै छन्। साढे १० बजे उक्त विमान पाकिस्तान फर्किने उडान तालिका छ।

काठमाडौंस्थित पाकिस्तानी दूतावासले आफ्ना नागरिक स्वदेश फर्काउन विमान व्यवस्थापन गरेको हो।

नेपालमा अन्तर्राष्‍ट्रिय उडान बन्द भएपछि विभिन्‍न देशले विमान पठाएर आफ्ना नागरिक फिर्ता लगेका छन्। नेपालले ९ चैतदेखि बन्द भएको अन्तर्राष्‍ट्रिय उडानको अवधि बढाएर १८ जेठको मध्यरातिसम्म पुर्‍याएको छ।

प्रतिक्रिया दिनुहोस्