हतियारसहित भागेका प्रहरी जवान मृत भेटिए <p>काठमाडौं। हतियारसहित राति भागेका प्रहरी जवान मृत अवस्थामा भेटिएका छन्। सुर्खेतको आग्रीगाउँ प्रहरी चौकीमा कार्यरत जवान नरेन्द्र खड्का राति ड्युटी छाडेर हतियारसहित भागेका थिए।&nbsp;</p> <p>आज बिहान प्रहरी चौकीदेखि करिब तीन किलोमिटरको दूरीमा उनको शव भेटिएको कर्णाली प्रदेशका प्रहरी प्रमुख डीआईजी वसन्तकुमार पन्तले जानकारी दिए।</p> <p>खड्काले साथमा लगेको हतियार र गोली शव छेउमै रहेको जानकारी आएको डीआईजी पन्तले बताए।&nbsp;</p> <p>राति ड्युटी छाडेर उनी एकथान पेस्तोल र सात राउन्ड गोली लिएर भागेका थिए। &ldquo;प्रहरी घटनास्थलमा पुगेको छ,&rdquo; डीआईजी पन्तले भने, &ldquo;घटनाबारे अनुसन्धान गरेपछि मात्रै वास्तविकता थाहा हुन्छ।&rdquo;</p>
प्रतिक्रिया दिनुहोस्