स्कुटर दुर्घटनामा युवकको मृत्यु
<p>कैलाली। धनगढीमा स्कुटर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। </p>
<p>धनगढी-१३ मा भएको म१प ९३६ नम्बरको स्कुटर दुर्घटनामा धनगढी-३ केदार टोलका दीर्घ ऐरीको मृत्यु भएको हो।</p>
<p>हिजो राति दुर्घटनामा परेका उनी चटकपुरस्थित आराधना मेडिकलमा सामान्य उपचारपछि घर पुगेका थिए। राति फेरि स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि अस्पतालमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्
