संस्कृतिविद् सत्यमोहन जोशी १०१ वर्षमा
<p>काठमाडौं। संस्कृतिविद् सत्यमोहन जोशी आज एक सय एक वर्षमा प्रवेश गरेका छन्।</p>
<p>उनी ३० वैशाख १९७७ मा जन्मेका हुन्। तीनपटक मदन पुरस्कार पाउने एक मात्र साहित्यकार हुन्, उनी।</p>
<p>२०१३, २०१७ र २०२८ मा गरी उनले तीनपटक मदन पुरस्कार पाएका छन्।</p>
<p>अमेरिकी राजदूत र्‍यान्डी बेरीले ट्विट गर्दै उनलाई जन्मदिनको शुभकामना दिएका छन्। “नेपालका सांस्कृतिक धरोहर, प्रसिद्ध नेपाली लेखक, सांस्कृतिक संरक्षणमा अगुवा सत्यमोहन जोशीलाई जन्मदिनमा सुस्वास्थ्यका लागि हार्दिक शुभकामना व्यक्त गर्छु,” राजदूत बेरीले लेखेका छन्।</p>
प्रतिक्रिया दिनुहोस्
