जुम्लामा रेडियोबाट विद्यार्थी पढाउन शुरू

खलङ्गा। जुम्लाको चन्दननाथ नगरपालिकाले कक्षा ४ देखि १० सम्मका विद्यार्थीलाई सामुदायिक रेडियोबाट पढाउन शुरू गरेको छ।

लकडाउनका कारण विद्यार्थीको पढाइ प्रभावित भएकाले स्थानीय रेडियोबाट पढाउन थालिएको नगरपालिकाका उपप्रमुख अप्सरादेवी न्यौपाने बताइन्।

सामुदायिक रेडियो कर्णाली एफएम, रेडियो नारी आवाज र रेडियो खुला आकाशबाट प्रत्येक दिन अनिवार्य अङ्ग्रेजी, गणित, विज्ञान, नेपाली र सामाजिक विषयको र कक्षा सञ्चालनमा आएको नगरपालिका शिक्षा तथा खेलकूद शाखाका प्रमुख खडानन्द चौलागाईँले जानकारी दिए।

जिल्लाका आठ स्थानीय तहमध्ये चन्दननाथमा मात्र इन्टरनेटको पहुँच रहेकाले जुम्लामा अनलाइन प्रविधिबाट पठनपाठन असम्भव देखिएको तिला गाउँपालिका अध्यक्ष रतननाथ योगीले बताए।

जुम्लामा १७० सामुदायिक विद्यालय छन्। रासस

प्रतिक्रिया दिनुहोस्