आज विश्व नर्स दिवस

काठमाडौं। आज १२ मे अर्थात विश्‍व नर्स दिवस। आफू तथा परिवार सदस्यभन्दा माथि उठेर सधैँ बिरामीको सेवामा समर्पित हुने नर्सहरूको सम्मान गर्दै यो दिवस मनाइन्छ।

अन्तराष्ट्रिय नर्सिङ काउन्सिल (आईसीएन) को आव्हानमा हरेक वर्षको यसै दिन विश्वभर नर्स दिवस मनाउने गरिएको हो।

विश्‍वव्यापी महामारी बनेको कोभिड-१९ को उपचारमा जोखिम मोलेर फ्रन्टलाइनमा खटिइरहेका नर्सहरूका कारण भिन्‍न परिस्थितिबीच यस वर्षको नर्स दिवसको महत्व अझ बढी छ।

विश्‍वका विभिन्न ठाउँमा नर्स तथा चिकित्सकको सम्मान र मनोबल उच्‍च बनाउन सरकार एवं नागरिक स्तरबाट विभिन्‍न गतिविधि पनि भइरहेका छन्।

कोरोना भाइरस संक्रमणको जोखिमले यस वर्ष नर्स दिवसमा औपचारिक कार्यक्रम भने भएनन्।

आधुनिक नर्सिङ पेशाको शुरुवात गर्ने फ्लोरेन्स नाईटिङ्गेलको जन्मदिनको अवसर पारेर विश्व नर्स दिवस मनाउने गरिन्छ।

उनले सन् १८६० मा लण्डनको सेन्ट थोमस अस्पतालसँगै नर्सिंङ कलेज पनि संचालन गरेकी थिइन्।

‘लेडि विथ दी ल्याम्प’ उपनामले परिचित फ्लोरेन्सको जन्म ब्रिटेनमा सन् १८२० मा भएको थियो।

प्रतिक्रिया दिनुहोस्