चीनको वुहानमा कोरोना भाइरसको नयाँ क्लस्टर
बेइजिङ। कोरोना भाइरसको उत्पत्ति स्थल चीनको वुहान शहरमा यसको नयाँ क्लस्टर फेला परेको छ। उस्तै प्रकृतिको केस उत्तरपूर्वी प्रान्त जिलिनमा पनि देखिएको छ।
गत ३ अप्रिलमा लकडाउन अन्त्य गरिएयता वुहानमा हिजो नयाँ पाँचजना बिरामी फेला परेका छन्। उनीहरू सबै वुहानकै बासिन्दा हुन्। अर्थात्, विदेशबाट आएका व्यक्तिबाट नभई स्थानीय स्तरमै कोरोना भाइरसको संक्रमण देखिएको छ।
कोभिड-१९ का बिरामी घट्दै गएपछि चीनले पछिल्ला दिनमा लकडाउनलाई खुकुलो पार्दै लगेको छ। स्वास्थ्य अधिकारी र विज्ञहरूले भने लकडाउन खुकुलो बनाउनु घातक कदम हुन सक्ने चेतावनी दिँदै आएका थिए। किनकि, मानिस स्वतन्त्र विचरण गर्दै गर्दा कोराना भाइरसको संक्रमण फैलिने सम्भावना अझ बढ्ने उनीहरूको भनाइ छ।
वुहानमा एक ८९ वर्षीय व्यक्तिकी पत्नीमा एक महीनापछि पहिलोपटक कोरोना भाइरसको संक्रमण देखिएको हो। उनीसहितका पाँच जनामा यसअघि कोभिड-१९ को लक्षण देखिएको थियो तर क्लिनिकल परीक्षणमा भाइरस देखिएको थिएन। वुहानमा यस्ता सयौं केस यसअघि देखिएका थिए।
प्रतिक्रिया दिनुहोस्