काठमाडौं। कोरोना भाइरस संक्रमण विस्तार रोक्न सरकारले ११ चैतदेखि देशभर लकाउन लागू गर्यो।
शुरूमा एक हप्ताका लागि गरिएको लकडाउन पछिल्लो पटक ५ जेठसम्मका लागि बढाइएको छ। यद्यपि, विभिन्न ४६ प्रकारका उद्योग सञ्चालन गर्न दिने निर्णयसँगै लकडाउन केही खुकुलो बनाइएको छ।
तर, संक्रमण नियन्त्रणमा आउने संकेत भने देखिँदैन। बरु, पछिल्लो दुई हप्तायता संक्रमितको संख्या ह्वात्तै बढेको छ। यसको कारण हो, लकडाउन गरिएपनि सीमानाकामा कडाइ नगरिनु। किनकी कपिलवस्तु र रुपन्देहीमा भेटिएका संक्रमितहरू सबै लकडाउनपछि नै भारतबाट आएका र उनीहरूको सम्पर्कमा पुगेकाहरू रहेको खुलेको छ।
आज मात्रै नेपालमा २४ जना संक्रमित थपिए। यो एकैदिन संक्रमित भेटिएको अहिलेसम्मकै सर्वाधिक धेरै संख्या हो।
बिहान १० जना संक्रमित भेटिएको कपिलवस्तुमा साँझ ७ः२० बजेको तथ्यांकअुनसार ६ जना थपिए। आजै रुपन्देहीमा ६, बर्दिया र सप्तरीमा एक/एक जना संक्रमित थपिए।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अुनसार सबैभन्दा धेरै संक्रमित अहिले प्रदेश ५ मा नै छन्। प्रदेश ५ मा अहिलेसम्म ५३ जना संक्रमित भेटिएका छन्।
प्रदेश १ मा ३५, प्रदेश २ मा ३२, बाग्मती प्रदेशमा ७, गण्डकी प्रदेशमा २ र सुदूरपश्चिम प्रदेशमा ५ जना संक्रमित भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए। उनका अुनसार अहिलेसम्म कर्णाली प्रदेश भने सुरक्षित छ। कर्णालीमा कोभिड–१९ को एउटा पनि केस देखिएको छैन।
संक्रमितमध्ये ३३ जना निको भएर घर फर्किसकेका छन्। उपचाररत बाँकी संक्रमितको स्वास्थ्य अवस्था पनि सामान्य छ। अहिलेसम्म पीसीआर विधिबाट १७ हजार ८०९ र आरडीटी किट परीक्षण विधिबाट ५८ हजार ५४६ नमूना परीक्षण गरिएका छन्।
नेपालमा पहिलो केस गत ९ माघमा (एकजना) देखिएको थियो। त्यसको ठीक एक महीनापछि ९ चैतमा दोस्रो केस (एकजना) देखियो।
१२ चैतमा २, १३ चैतमा एक, २० चैतमा २, २२ चैतमा २, २५ चैतमा एक र ३० चैतमा एकजनामा संक्रमण देखिएको थियो। अर्थात् चैतसम्म संक्रमितको संख्या ११ मात्र थियो।
बाँकी १२३ जना वैशाख महीनामा थपिए। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अुनसार २ वैशाखमा ५, ५ वैशाखमा १५, ९ वैशाखमा ११, १० वैशाखमा ४, ११ वैशाखमा २ र १२ वैशाखमा एकजनामा संक्रमण देखिएको थियो।
त्यसैगरी, १३ वैशाखमा २, १४ वैशाखमा एक, १६ वैशाखमा २, १७ वैशाखमा ३, १८ वैशाखमा २ र २१ वैशाखमा १६ जना संक्रमित थपिएका थिए।
२३ वैशाखमा ७, २४ वैशाखमा १७, २६ वैशाखमा २, २७ वैशाखमा ७, २८ वैशाखमा एक र आज २९ वैशाखमा २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भयो।

छिमेकी देश भारतमा कोरोना संक्रमण नेपालको तुलनामा निकै नै छ। विश्व स्वास्थ्य संगठनका अनुसार भारतमा संक्रमितको संख्या ६७ हजार १५२ पुगेको छ। यसमध्ये दुई हजार २०६ जनाको मृत्यु भइसकेको छ।
कपिलवस्तु र रुपन्देहीमा संक्रमण देखिएकाहरू पनि भारतबाटै लकडाउनपछि लुकिछिपि आएका नै भएको बताइन्छ। अहिले पनि नेपाल–भारत सीमामा पुगेका धेरै नेपाली अलपत्र छन्। तीमध्ये धेरैजसो रातिराति लुकेर नेपाल प्रवेश गरिरहेका छन्।
भारतले भोलि, ३० वैशाखदेखि रेल सेवा सञ्चालन गर्ने निर्णय गरेको छ। जसका कारण सीमानामा आइपुग्ने नेपालीको संख्या बढ्ने देखिन्छ। यो भनेको नेपालमा कोरोना भाइरस संक्रमणको जोखिम थप बढ्नु भो।
सीमामा आइपुगेका नेपालीको उचित व्यवस्थापनका लागि बेलैमा ध्यान नदिने हो भने कोरोना संक्रमणले भयावह रूप लिने खतरा छ।
जिल्लागत रूपमा यस्तो छ संक्रमितको विवरण:
उदयपुर - ३२
पर्सा - २५
बाँके- २४
कपिलवस्तु- २१
रुपन्देही - ७
काठमाडौं - ५
कैलाली - ४
रौतहट - ३
बागलुङ - २
बारा - २
चितवन - २
झापा - २
भोजपुर - १
सर्लाही - १
सप्तरी - १
कञ्चनपुर - १
बर्दिया - १