काठमाडाैं। लकडाउनको घोषित अवधि नसकिए पनि निजी तथा सरकारी कार्यालय खुलेकाले र उद्योगहरू सञ्चालनमा आएकाले काठमाडौंको जनजीवन सामान्यजस्तो बनेको छ।

सडकमा सवारीसाधन बाक्लिएका छन्। मानिसहरूको आवागमन पनि बढ्दो छ। खाद्यान्न र तरकारी पसलहरूमा भीडभाड बढिरहेको छ।

चहलपहल बढ्दै जाँदा काठमाडौंमा कोभिड-१९ को संक्रमण फैलिने पो हो कि भन्ने त्रास पनि छाएको छ।

त्यसो त १ वैशाख यता काठमाडौंमा कोरोना भाइरसको संक्रमण देखिएको छैन। करीब एक महीनामा पनि संक्रमण नदेखिनुले काठमाडौं कम जोखिमयुक्त क्षेत्र रहेको देखाउँछ। कम जोखिम आकलन गरेरै सरकारले निश्चित मापदण्ड तोकेर लकडाउन खुकुलो पार्ने र निजी तथा सरकारी कार्यालयहरू खुलाउने निर्णय गरेको हो।

२४ वैशाखमा बसेको मन्त्रिपरिषद् बैठकले निजी तथा सरकारी कार्यालय, उद्योग कलकारखाना, अत्यावश्यक औषधि पसल, तरकारी पसलहरू लगायत ४४ क्षेत्रका उद्योग व्यवसाय सञ्चालनमा ल्याउने निर्णय गरेको थियो।

निर्माण सामग्री बोक्ने सवारीसाधन बिनाअनुमतिपत्र चलाउन पाउने व्यवस्था सरकारले गरेको छ। बैंक तथा वित्तीय संस्थासँग सम्बन्धित एक चौथाइ सवारीसाधनले जिल्ला प्रशासन कार्यालयबाट अनुमति नलिई सवारी चलाउन दिइएको छ। त्यसकारण सडकमा भीडभाड बढेको छ।

सरकारले लकडाउन खुकुलो बनाइरहँदा जनस्वास्थ्यविज्ञहरू भने संक्रमण फैलिनेमा चिन्ता व्यक्त गर्छन्। जनस्वास्थ्य विज्ञ डा. रविन्द्र पाण्डेले परीक्षणको दायरा नबढाएर लकडाउन खुकुलो बनाउँदा घातक सिद्ध हुन सक्ने खतरा औंल्याए।

“परीक्षणको दायरा बढाउने, अधिकांश शहरहरूमा परीक्षण गर्ने र सीमामा परीक्षण गर्दा पनि परिणाम नेगेटिभ आए लकडाउन खुकुलो बनाउनुपर्ने हुन्छ”, उनी भन्छन्, “तर यहाँ आवश्यक मात्रामा परीक्षण गरिएको छैन। यत्तिकै लकडाउन खुकुलो बनाउँदा संक्रमण देखिएको शहरबाट मानिसहरू भित्रिँदा काठमाडौंमा झनै जोखिम बढ्न सक्छ, यो चिन्ताको विषय हो।”

सरकारले अन्य शहरबाट मानिसहरू आउन सक्ने भन्दै काठमाडौं भित्रिने नाकाहरूमा कडाइ गरेको छ। काठमाडौंको कलंकी नागढुंगा नाकाबाट आउने सवारीसाधनलाई फिर्ता पठाउने गरिएको छ। स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्की अन्य शहरहरूबाट भित्रिन नदिन प्रहरी प्रशासनलाई अनुरोध गरिएको बताउँछन्।

जनस्वास्थ्यविद् पाण्डेले सरकारले नाकाहरूमा कडाइ गरेको भने पनि लुकीछिपी काठमाडौं भित्रिने क्रम नरोकिएको दाबी गरे।

काठमाडौंमा जोखिम छैन त ?

डा. खेम कार्की।

स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्की भन्छन्, “काठमाडौंमा कम जोखिम छ तर, जोखिममुक्त नै भन्न भने मिल्दैन।”

संक्रमण देखिएपछि रेडजोन घोषणा गरेर लकडाउन थप कडाइ गर्ने र कर्फ्यु लगाउनुपर्ने अवस्था समेत आउन सक्नेतर्फ सरकार र मन्त्रालय सचेत रहेको सल्लाहकार कार्की बताउँछन्।

“काठमाडौंमा भाइरसको संक्रमण नै नदेखिने होइन, फेरि पनि देखिन सक्छन्, त्यस्तो बेलामा अर्को कदम चाल्नुपर्ने हुन्छ”, उनले देखापढीसँग भने, “काठमाडौं जस्तै अन्य ठाउँहरूमा पनि कम जोखिमलाई हेरेर लकडाउन खुकुलो बनाउँदै लैजानुपर्ने हुन्छ।”

सरकारले किन बनायो लकडाउन खुकुलो ?

लकडाउनको एक महीनामा कोरोना भाइरस संक्रमणको परीक्षणलाई मूल्यांकन गरेर सरकारले निर्णय लिएको बताइन्छ।

सरकारी चिकित्सक टोली र विज्ञहरूले पोजिटिभ देखिएका व्यक्तिहरूमा देखिएको लक्षणलाई पनि नजिकबाट नियालेका थिए। संक्रमित व्यक्तिमा रूघाखोकीजस्ता सामान्य लक्षण मात्र देखिएको स्वास्थ्य मन्त्रालयको निष्कर्ष छ।

अहिलेसम्म संक्रमितमा गम्भीर लक्षण देखा परेको छैन। सरकारले यसलाई सुखद् पक्ष मानेको छ। यसैलाई आधार मानेर सरकारले कोरोना संक्रमण देखिएको ठाउँमा कर्फ्यु लगाउने, लकडाउनमा कडाइ गर्ने र सिल गर्ने रणनीति लिएको छ। अर्कोतर्फ कोरोना संक्रमणको जोखिम कम रहेको क्षेत्रमा लकडाउन खुकुलो बनाउँदै जाने नीति लिएको छ।

लामो समयसम्म लकडाउन गरिराख्दा मानिसहरूको सामाजिक, मानसिक र आर्थिक जीवन नै संकटमा पर्ने सरकारको ठम्याइ छ।

सरकारले देखेको अर्को जोखिम भने खस्किँदै गरेको अर्थतन्त्र हो। सरकारले लकडाउन खुकुलो बनाउने निर्णय गर्नुको पछाडि यही कारण हो। यसले भविष्यमा नेपाललाई थप संकटमा पार्न सक्ने देखेर लकडाउन खुकुलो पारेको हो।

२३ वैशाखमा कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा गृहमन्त्री रामबहादुर थापाले भनेका थिए, “निश्चित मापदण्ड तोकेर उत्पादन र सेवाका क्षेत्रका उद्योग व्यवसायहरू खोल्दै जानुपर्छ, नभए आर्थिक संकटले हामीलाई नै सिध्याउँछ।”

भविष्यमा अर्थतन्त्रलाई धान्न नसक्ने स्थितिलाई मध्यनजर गरेर खाद्यान्न, निर्यातमूलक उद्योग, विकास निर्माणका उद्योग खुलाएको हो। अर्थतन्त्रलाई कमजोर हुन नदिन, मजदुरहरूको रोजगार र जीविकोपार्जनका लागि सरकारले २६ वैशाखबाट लागू हुने गरी उद्योगहरू सञ्चालनमा ल्याएको छ।

स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार कार्की भन्छन्, “कम जोखिम देखेरै लकडाउन खुकुलो बनाइएको हो, आर्थिक संकट र बेरोजगार समस्यालाई ध्यानमा राखेर सरकारले यो निर्णय गरेको हो।”

उनले नियन्त्रण गर्न सक्ने ठाउँहरूमा मात्र लकडाउन खुकुलो बनाउँदै लैजाने सरकारको नीति रहेको उनले स्पष्ट पारे।

" /> काठमाडाैं। लकडाउनको घोषित अवधि नसकिए पनि निजी तथा सरकारी कार्यालय खुलेकाले र उद्योगहरू सञ्चालनमा आएकाले काठमाडौंको जनजीवन सामान्यजस्तो बनेको छ।

"> के अब काठमाडौंमा संक्रमणको जोखिम कम भएको हो? (भिडिओसहित): Dekhapadhi
के अब काठमाडौंमा संक्रमणको जोखिम कम भएको हो? (भिडिओसहित)

प्रतिक्रिया दिनुहोस्