प्यूठानमा आरडीटी पोजिटिभ देखिएका दुईजनाको पीसीआर रिपोर्ट नेगेटिभ
<p>प्युठान। प्युठान नगरपालिका-२ मा र्‍यापिड डायग्नोष्टिक टेष्ट (आरडीटी) रिपोर्ट पोजिटिभ देखिएका दुईजनासहित ३९ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ।</p>
<p>१६ वैशाखमा काठमाडौंबाट आएका २१ वर्षीय र म्याग्दीबाट आएका ४३ वर्षीय पुरुषको आरडीटी किटबाट परीक्षण गर्दा काेभिड-१९ पोजिटिभ देखिएको थियाे।</p>
<p>पोजिटिभ देखिएका उनीहरूसहितको स्वाब संकलन गरी हिजाे, २८ वैशाखमा प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवा पठाइएकाे थियाे।</p>
<p>आज पीसीआर रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालयका प्रमुख विशाल सुवेदीले जानकारी दिए। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्
