काठमाडौं। कोरोना भाइरसको परीक्षणका लागि अत्यावश्यक मानिएको एक लाख थान आरटीडी किट आज काठमाडौं आइपुगेको छ।
निजी क्षेत्रको वायु सेवा प्रदायक कम्पनी हिमालयन एअरलाइन्सले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ती किट ल्याएको हो। स्वास्थ्य सेवा विभागले उक्त किट ढुवानी र खरिदका लागि बीआईडीएच म्यानेजमेन्ट (विद) प्रालिलाई जिम्मा दिएको थियो।
१८ वैशाखमा सामान आयातका लागि आवश्यक सहजीकरण गरिदिन भन्दै स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रले परराष्ट्र मन्त्रालयलाई पत्र लेखेको थियो।
उक्त किट आयातका लागि १७ वैशाखमा सम्झौता भएको थियो। स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले कोरोना परीक्षणका लागि आवश्यक किट आइपुगेको बताए।
उनले भने, “ सामान आइपुगेको छ, भन्सार लगायतका प्रक्रिया पूरा गर्न आज नभ्याएका कारण भोलि सो कार्य सम्पन्न गरी आवश्यक स्थानमा पुर्याइनेछ।”
सम्झौतामा तोकिएको समयभन्दा अगावै ती किट आइपुगेका हुन्। विभागले विभिन्न २४ कम्पनीसँग किट खरिद तथा आयातका लागि प्रस्ताव माग गरेको थियो।
कम्पनीले चीनको लिपु मेडिकल टेक्नोलोजी बेइजिङबाट ती सामान ल्याएको हो। ती किट प्रति थान ५६५ रूपैयाँमा ल्याइएको हो। कोरोनाको परीक्षणको दायरा बढाउनका लागि किट अत्यावश्क रहेकाले आयात गरिएको हो। रासस
" /> काठमाडौं। कोरोना भाइरसको परीक्षणका लागि अत्यावश्यक मानिएको एक लाख थान आरटीडी किट आज काठमाडौं आइपुगेको छ।निजी क्षेत्रको वायु सेवा प्रदायक कम्पनी हिमालयन एअरलाइन्सले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ती किट ल्याएको हो। स्वास्थ्य सेवा विभागले उक्त किट ढुवानी र खरिदका लागि बीआईडीएच म्यानेजमेन्ट (विद) प्रालिलाई जिम्मा दिएको थियो।

">