काठमाडौं। काठमाडौंको एक सरकारी विद्यालयले ३६ जनालाई जागिरबाट निकालेको छ। तलब खुवाउन नसकिने भन्दै टोखा नगरपालिका-७ धापासीको तिलिङ्गाटार माध्यमिक विद्यालयले लामो समयदेखि पढाउँदै आएका शिक्षक, कर्मचारी, सुरक्षागार्ड र लाइबेरियनलाई जागिरबाट निकालेको हो।
कोरोना कारण विद्यालय खुल्ने यकीन नभएको र तलब खुवाउन नसकिने भन्दै आफूहरूलाई जागिरबाट निकालिएको शिक्षक–कर्मचारीहरूले बताएका छन्।
१३०० विद्यार्थी पढ्ने विद्यालयमा ३० जना शिक्षक मात्र सरकारी दरबन्दीका छन्। अस्थायी कोटाबाट तलब भत्ता खाइरहेका शिक्षक–कर्मचारीको करार अवधि नथप्ने निर्णय गरिएको हो।
विद्यालयका प्रधानाध्यापक सरोजकुमार पाण्डेले विद्यालय आर्थिक संकट आइपरेकोले विद्यालय व्यवस्थापन समितिले निर्णय गरेर ३६ जनाकै करार अवधि थप नभएको बताए।
नगरपालिका तथा अन्य सरकारी निकायबाट पनि विद्यालयलाई सहयोग नभएको र विद्यार्थीहरूबाट शुल्क उठाएर तलब खुवाउन नपाइने भन्दै अहिलेसम्मको तलब खुवाएरनै करार म्याद थप नगरिएको बताए।
वैशाख महीनाको तलब खुवाउनका लागि विद्यालयले ३६ जनाको ५ लाख ६५ हजार रूपैयाँ विशुद्ध तलब मात्रको हिसाब लगाएर नगरपालिकामा पठाएको प्रधानाध्यापक पाण्डेले बताए। नगरपालिकाबाट अहिलेसम्म कुनै पनि निर्णय नआएकाले विद्यालय यस्तो निर्णय गर्न बाध्य भएको उनको भनाइ छ।
विद्यार्थी संख्या बढेपछि विगतमा शिक्षक, कर्मचारी पनि थपिँदै गएको र अहिले शिक्षा निःशुल्क भएपछि निजी स्रोतका शिक्षकहरूलाई तलब खुवाउन नसकिएको उनको भनाइ छ। दुई वर्षदेखि नै तलब खुवाउन समस्या परेको भन्दै प्रअ पाण्डेले भने, “जसोतसो चैतसम्म धानिएको थियो। स्कुलमा पैसा छैन। अभिभावकले पैसा दिने कुरा भएन, अनि कसरी तलब खुवाउने ?”

नमूना स्कूलको रूपमा चिनिएको तिलिङ्गाटारमा कक्षा ९ र १० मा चार वटा सेक्सनमा पढाइ हुने गरेको थियो। त्यस्तै ६,७ र ८ कक्षामा तीन/तीन सेक्सन थिए।
गत वर्ष विभिन्न निकायबाट ५० लाख रूपैयाँ सहयोग आएको तर, त्यो तलब खुवाउँदैमा सकिएको उनको भनाइ छ। कोरियन संस्थाले पुस्तकालय बनाइदिएको थियो। त्यसको केही समयसम्म आर्थिक सहयोग गरेपनि पछि दिनै छोडेको भन्दै पोहोर सालदेखि नै विद्यालय आर्थिक संकटमा रहेको उनले बताए।
अहिले विद्यालयको खातामा १८ हजार मात्र रहेको भन्दै ५ लाख भन्दा बढी तलब कसरी खुवाउने भन्दै उनले भने, “शैक्षिक सत्र शुरू भएपछि विद्यार्थी संख्या हेरेर ती शिक्षक, कर्मचारीको म्याद थप गर्न सकिन्छ।”
विद्यालयको दुईवटा ब्लकमा भौतिक पूर्वाधार निर्माण गर्दा लागेको २० लाख ऋण तिर्न बाँकी रहेको पनि उनले बताए। “विद्यालय उस्तै पनि आर्थिक सकंटमा थियो। त्यसमाथि झन् कोरोनाले थप समस्या गर्यो।” उनले भने, “स्रोत जुट्यो भने पछि शिक्षक, कर्मचारी राख्न सकिन्छ। अहिले करार अवधि थपेर तलब खुवाउन सकिन्न।”
यतिबेला टोखा नगरापालिका, वडा नम्बर ७ को वडा कार्यालय र विद्यालयबीच छलफल चलिरहेको छ। वडाअध्यक्ष नरोत्तम रानाले उक्त समस्याबारे छलफल गरिने बताए। एक/दुई दिनमा विद्यालय व्यवस्थापन समितिसँग बसेर अवस्था के रहेछ त्यसबारे बुझिने बताए।
विद्यालयका शिक्षक धुब्र पराजुलीले आफू कापी जाँच गरेर चितवन घर गएकाले अन्य शिक्षकबाट उक्त निर्णयबारे जानकारी भएको बताए। विव्यसले करार र निजी शिक्षक–कर्मचारीलाई वैशाखदेखि तलब खुवाउन नसकिने निर्णय गरेको भन्ने कुरा साथीहरूबाट थाहा पाएको उनको भनाइ छ।
" /> काठमाडौं। काठमाडौंको एक सरकारी विद्यालयले ३६ जनालाई जागिरबाट निकालेको छ। तलब खुवाउन नसकिने भन्दै टोखा नगरपालिका-७ धापासीको तिलिङ्गाटार माध्यमिक विद्यालयले लामो समयदेखि पढाउँदै आएका शिक्षक, कर्मचारी, सुरक्षागार्ड र लाइबेरियनलाई जागिरबाट निकालेको हो।कोरोना कारण विद्यालय खुल्ने यकीन नभएको र तलब खुवाउन नसकिने भन्दै आफूहरूलाई जागिरबाट निकालिएको शिक्षक–कर्मचारीहरूले बताएका छन्।

">