परशुरामका मेयरले गरे ९ नेपालीकाे भारतबाट उद्धार
डडेल्धुरा। लकडाउनका कारण भारतको वनवासामा अलपत्र परेका परशुराम नगरपालिका र आलिताल गाउँपालिकाका ९ जना नेपालीको उद्धार गरिएकाे छ।

परशुराम नगरपालिकाका नगर प्रमुख भीमबहादुर साउँदले उनीहरूलाई नगरपालिकाकाे एम्बुलेन्समार्फत् जाेगबुढा ल्याइँदै गरेकाे बताए।

ती नेपालीहरू वनवासास्थित सारदा इन्टरमिडियट कलेजको क्वारेन्टाइनमा विगत ४३ दिनदेखि कष्टपूर्णरूपमा बस्दै आएका थिए।

उद्धार गरिनेमा परशुराम नगरपालिकाका पाँच र आलिताल गाउँपालिका चारजना छन्। उनका अनुसार केही दिन क्वारेन्टाइनमा राखेर स्वास्थ्य जाँचपछि मात्रै घर पठाइनेछ।

नगर प्रमुख साउँदले अबको एक घण्टामा उनीहरू जोगबुढा आइपुग्ने भन्दै सबैलाई खानाको व्यवस्था गरिएकाे बताए।

परशुरामका पाँचजनालाई परशुरामस्थित त्रिवेणी बहुमुखी क्याम्पसकाे क्वारेन्टाइन र आलिताल गाउँपालिकाका चारजनालाई आलिताल गाउँपालिकाले स्थापना गरेको क्वारेन्टाइनमा राखिने साउँदकाे भनाइ छ।

प्रतिक्रिया दिनुहोस्