काठमाडौं। केही दिनअघि सुदूरपश्चिमको एक क्वारेन्टाइनमा राखिएका १५ जनामा औलो (मलेरिया) देखियो। १३ वैशाखमा आयोजित स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. विकास देवकोटाले क्वारेन्टाइनमा रहेका व्यक्तिमा औलोको परीक्षण गर्दा पोजिटिभ देखिएको बताएका थिए।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. बासुदेव पाण्डेका अनुसार गर्मी मौसममा लामखुट्टेको टोकाइबाट औलो रोग सर्छ। त्यसकारण क्वारेन्टाइनहरूमा सरसफाइका साथै झुलको समेत व्यवस्था हुनुपर्नेमा उनले जोड दिए।
नेपालले सन् २०२५ सम्म औलो उन्मुलन गर्ने लक्ष्य लिएको छ। तरपनि हरेक वर्ष गर्मीको मौसममा औलो संक्रमितहरू भेटिने गरेका छन्।
औलो सँगसँगै गर्मी मौसममा अन्य थुप्रै खतरनाक रोगको जोखिम पनि बढेको डा. पाण्डे बताउँछन्। गर्मी मौसममा लाग्ने यी कतिपय खतरनाक रोगको भ्याक्सिन समेत नभएको उनी बताउँछन्। डा. पाण्डेले बताएका रोग यस्ता छन्ः
१. औलो (मलेरिया)
औलोका लामखुट्टे खासगरी जंगल क्षेत्रमा हुन्छन्। यी लामखुट्टे घना जंगलको बिचमा रहेको पातलो बस्तीमा बढी पाइन्छन्। त्यसो त औलो नेपालका लागि नौलो रोग होइन। लामो समयसम्म औलोकै डरका कारण नेपालको तराईमा बस्ती बस्न सकेको थिएन। सन् १९५४ मा तत्कालीन यूएसओएम (हाल यूएसएआइडी)को सहयोगमा औलो नियन्त्रण परियोजना शुरू भयो।
परियोजनाको मुख्य उद्देश्य मुख्य रूपमा मध्य नेपालको तराई बेल्टमा औलोको अध्ययन गर्नु थियो। १९५८ मा राष्ट्रिय औलो उन्मूलन कार्यक्रम एक निर्धारित समय अवधिको लागि देशभरी शुरू भयो। विभिन्न कारणले उन्मुलन अवधारणालाई १९७८ मा नियन्त्रण कार्यक्रममा बदलियो।
१९९८ मा विश्व स्वास्थ्य संगठनद्वारा औलो नियन्त्रण कार्यक्रम पुनर्जीवित गर्न आह्वान भएपछि घना जंगल, भित्री तराई, पहाडी क्षेत्रमा औलो नियन्त्रणको पहल शुरू भयो। जहाँबाट देशको ७० प्रतिशत भन्दा बढी संक्रमित देखा पर्ने गरेका थिए।
हाल औलो नियन्त्रण गतिविधिहरू ६५ जिल्लामा सञ्चालन भइरहेका छन्।
२०१२ मा गरिएको माइक्रो स्ट्राटिफिकेसनका आधारमा एक करोड ३० लाख जना औलोको जोखिम क्षेत्रमा छन्। जसमध्ये नौ लाख जनता उच्च जोखिममा, २६ लाख मध्य जोखिममा र ९३ लाख कम जोखिममा छन्। उच्च जोखिमको क्षेत्रमा नदी क्षेत्र, वन क्षेत्र, तराईक्षेत्रको जंगल, भित्री उपत्यका र केही तराईका जिल्ला पर्छन्।
२.कालाजार
गर्मीको मौसममा साँझ र राति भुसुना बढी सक्रिय हुने गर्दछन्। स्यान्डफ्लाइ नामको भुसुनाको टोकाइबाट सर्ने लिस्मेनिया नामक परजीवीको संक्रमणका कारण कालाजार हुने गर्छ। त्यसैले झुलको प्रयोग गर्नु आवश्यक मानिन्छ।
लिस्मेनिया संक्रमित कुकुरलाई भुसुनाले टोकी मानिसलाई टोकेमा कालाजार हुने गर्दछ।
यो रोग लागेमा लगातार ज्वरो आउँछ। कलेजोमा संक्रमण बढ्न गई पेट फुल्ने, कमजोरी महसुस हुने लगायत लक्षण देखिने गर्दछ।
२००५ को मे महीनामा भएको विश्व स्वास्थ्य सम्मेलनमा नेपालले जनस्वास्थ्य समस्याको रूपमा रहेको कालाजार उन्मुलनका लािग सहमति पत्रमा हस्ताक्षर गरेको थियो।
२०१५ सम्म कालाजार उन्मुलन गर्ने लक्ष्य समेत राखेको थियो। तरपनि कालाजार पूर्ण रूपमा उन्मुलन हुन सकेन। यद्यपी विभिन्न कार्यक्रमहरूले कालाजार संक्रमितको संख्यामा गिरावट आएको छ। २०१८ मा ५३ प्रतिशत कालाजार संक्रमितहरू कालाजारको जोखिममा भएका भनिएका जिल्लाबाहेकका थिए।
शुरूमा ७५ मध्ये १२ जिल्लालाई कालाजार जोखिम क्षेत्रका रूपमा मानिन्थ्यो। तर, पछिल्लो समय कालाजार पहाडी र हिमाली जिल्लामा पनि देखिन थालेको छ। यस रोगले भौगोलिक विस्तार गर्दै गएको चिन्ताको विषय हो।
.jpg)
३.डेंगी
गर्मी मौसममा फैलिने एक प्रमुख रोग भनेको डेंगी हो। गर्मीमा लामखुट्टेले पनि डेंगी फैलाउन मद्दत गर्ने भएकाले यो झनै छिटो फैलिन्छ। नेपालको पछिल्लो आँकडा हेर्ने हो भने यसले नेपालमा पनि निकै प्रभाव पारेको देखिन्छ।
स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको आँकडा हेर्दा २०७५/७६ मा मात्रै डेंगीबाट ३ हजार ४२४ जना संक्रमित भएका थिए भने ६ जनाको मृत्यु भएको थियो।
प्रदेश १ मा धेरै संक्रमित भेटिएका थिए। कूल ३ हजार ४२४ जनामध्ये प्रदेश १ मा ३ हजार १५२ जना संक्रमित थिए। त्यसैगरी प्रदेश २ मा १२, बागमती प्रदेशमा १२५, गण्डकी प्रदेशमा २६, प्रदेश ५ मा ९६ , कर्णाली प्रदेशमा १ जना र सुदूरपश्चिम प्रदेशमा १२ जना संक्रमित भएका थिए।
पछिल्लो पाँच वर्षमा गत वर्ष डेंगी संक्रमित हुनेको संख्या सबैभन्दा बढी हो। यी तथ्यांकले देखाउँछन्, गर्मी बढेसँगै नेपालमा डेंगीको पनि उत्तिकै खतरा बढेको छ।
स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. बासुदेव पाण्डेका अनुसार नेपालमा डेंगी रहेको सन् २००४ मा पत्ता लागेको थियो।
४.हात्तीपाइले
हात्तीपाइले रोगका जीवाणु गड्यौलामा हुन्छ। तिनलाई गड्यौलाबाट मानिसमा सार्ने काम लामुखट्टेले गर्छन्। गड्यौला ६ देखि आठ वर्षसम्म बाँच्न सक्छन्। र, यसले आफ्नो जीवनकालमा लाखौं माइक्रोफिलारिया (अपरिपक्व लार्वा) जन्माउँछ, जुन रगतमा प्रशारित हुन्छ।
गड्यौलालाई टोकेको लामखुट्टे माइक्रोफिलारियाबाट संक्रमित हुन्छ र त्यही लामुखट्टेमा माइक्रोफिलारिया हुन्छ। र, त्यस लामखुट्टेले मानिसलाई टोकेको खण्डमा मानिसलाई हात्तीपाइले रोग सर्छ।
हात्तीपाइलेको ज्वरो वा वान्ता जस्तो कुनै क्लीनिकल लक्षण देखिँदैन। संक्रमित व्यक्तिहरूको एक सानो प्रतिशतमा सुन्निने लक्षण देखा पर्न थाल्छ। सामान्यतया प्रारम्भिक संक्रमणको वर्षपछि मात्रै गोडाहरू सुन्निन थाल्छ।

नेपालले २००१ र २००५ मा हात्तीपाइलेको म्यापिङ गरेको थियो। र, २०१२ मा आइसीटी (इम्युनोक्रोमैटोग्राफी टेस्ट कार्ड) को उपयोग गरी पुनःपरीक्षण गरेको थियो। जसमा देशभरीमा हात्तीपाइलेको संक्रमण १३ प्रतिशत रहेको पत्ता लागेको थियो। संक्रमणको अवस्था एक प्रतिशत देखि ३९ प्रतिशतसम्म रहेको थियो। आइसीटी सर्वेक्षण अनुसार देशका सात जिल्ला जोखिमपूर्ण रहेको बताइएको थियो।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र स्वास्थ्य सेवा विभागका महानिर्देशकको अध्यक्षतामा गठन गरी (२००३–२०२०) राष्ट्रिय कार्ययोजना बनेको थियो। पर्साबाट शुरू भएको यो कार्यक्रम बिस्तारै सबै जिल्लामा पुग्दैछ।
५.चिकनगुनिया
चिकनगुनिया एक भाइरल रोग हो, जुन लामखुट्टेको टोकाइबाट सर्छ। यो गम्भीर ज्वरो र हाडजोर्नीको दुखाई निम्त्याउने रोग हो। अन्य लक्षणमा मांशपेशीमा दुखाई हुने, टाउको दुख्ने, वाकवाक लाग्ने, थकान हुने आदि हुन्छ।
यसको केही लक्षणहरू डेंगी र जीकासँग मिल्न सक्छ। यो रोगको पनि कुनै उपचार नभएको विश्व स्वास्थ्य संगठनले जनाएको छ। लक्षण अनुसारका उपचार हुन्छन्, तर यसको भाइरसलाई नै मार्ने उपचार पत्ता लागेको छैन।
मानवबस्तीमा लामखुट्टे प्रजनन् साइटहरू चिकन गुनियाको प्रमुख जोखिमको कारक हो। यो रोग प्राय, अफ्रिका, एशिया र भारतीय उपमहाद्वीपमा हुन्छ। यद्यपी, २०१५ मा अमेरिकाका केही प्रान्तमा समेत यो रोग भेटिएको थियो। सन् १९५२ मा तान्जानियामा पहिलो पटक देखिएको चिकनगुनिया विस्तारै पश्चिम, मध्य र दक्षिण अफ्रिकी क्षेत्र हुँदै एशियामा आएको हो।
रोकथामका लागि के गर्ने ?
१. बिहान, दिउँसो या रातिको समयमा घरबाहिर बस्दा या काम गर्दा पुरै बाहुला भएका कपडा लगाउने।
२. छालामा लामखुट्टे या अन्य कीटाणुहरूको टोकाइबाट बचाउनको लागि कीटनाशक जेल या क्रिमको प्रयोग गर्ने।
३. कीटनाशक वा स्प्रे कपडामा समेत छर्ने किनकी पातलो कपडामाथिबाट लामखुट्टेले टोक्न सक्छ। कोठामा समेत तपाईंले पायरेथ्रिन वा यस्तै कीटनाशक छर्कन सकिन्छ।
४. छ भने तपाईंले आधुनिक लामखुट्टे नाशक क्वाइलहरू आफ्नो कोठामा बाल्ने। नभए लामखुट्टे झुल प्रयोग गर्ने।
५. घर वरपर पानी जम्ने ठाउँ भए सफा राख्ने। घरका कुलर वा एसीमा समेत पानी जम्ने गर्छ भने त्यसलाई पनि बेलाबेलामा सफा गर्ने।
६. घर वरपर पनि कीटनाशक छर्कने।
" /> काठमाडौं। केही दिनअघि सुदूरपश्चिमको एक क्वारेन्टाइनमा राखिएका १५ जनामा औलो (मलेरिया) देखियो। १३ वैशाखमा आयोजित स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. विकास देवकोटाले क्वारेन्टाइनमा रहेका व्यक्तिमा औलोको परीक्षण गर्दा पोजिटिभ देखिएको बताएका थिए।इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. बासुदेव पाण्डेका अनुसार गर्मी मौसममा लामखुट्टेको टोकाइबाट औलो रोग सर्छ। त्यसकारण क्वारेन्टाइनहरूमा सरसफाइका साथै झुलको समेत व्यवस्था हुनुपर्नेमा उनले जोड दिए।

">