किट अभाव हुँदा बर्दियामा काेभिड-१९ परीक्षण प्रभावित
बर्दिया। बर्दियामा किटको अभाव हुँदा काेभिड-१९ परीक्षण प्रभावित भएको छ।
पर्याप्त किट नहुँदा भारत तथा विभिन्न जिल्लाबाट आएर क्वारेन्टाइनमा बसेकाहरूको परीक्षण प्रभावित भएको हो।
स्वास्थ्यकर्मीले लगाउने पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पीपीई ), थर्मल गन, सर्जिकल मास्क, पञ्जा र स्यानिटाइजरसमेत सकिएको स्वास्थ्य कार्यालयले जनाएको छ।
सूचना अधिकारी चौधरीले आरडीटी विधिबाट दुई हजार ८६६ र पीसिआर विधिबाट ४१७ जनाकाे परीक्षण गरिएकाे छ।
साेमध्ये २३५ जनाको रिपोर्ट आउन बाँकी रहेको उनले जानकारी दिए।
मधुवन नगरपालिकाको क्वारेन्टाइनमा ३२८, गुलरिया नगरपालिकामा २११, बाँसगढीमा १९, बारबर्दिया सामुदायिक क्वारेन्टाइनमा २१६, ठाकुरबाबामा १६, राजापुरमा ८९, गेरुवा गाउँपालिकामा ५८ र बढैयातालमा सातजनालाई राखिएको छ।
जिल्लाका क्वारेन्टाइनमा ९४२ जना छन् भने बर्दिया अस्पतालको आइसोलेशनमा दुई बिरामी भर्ना भएका छन्। प्रदेश सरकारसँग किट माग गरिए पनि अहिलेसम्म नआएको सूचना अधिकारी चौधरीले बताए। रासस
प्रतिक्रिया दिनुहोस्