काठमाडौं। सर्लाही र सुनसरीमा करेन्ट लागेर दुईजनाको मृत्यु भएको छ।
सर्लाहीको लालबन्दी नगरपालिका-१ नन्देश्वरीका ४० वर्षीय कृष्णबहादुर गोलेको करेन्ट लागेर आज बिहान मृत्यु भएको छ।
स्थानीय सामुदायिक वनमा घाँस काट्न रूखमा चढेको अवस्थामा हाईटेक पावरको तारमा छोइँदा करेन्ट लागेर गम्भीर घाइते भएका उनको नमूना अस्पताल हरिवनमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
यस्तै, सुनसरीको इटहरी उपमहानगरपालिका-१६ का ३५ वर्षीय बिष्णु चौधरीको पनि करेन्ट लागेर आज बिहान मृत्यु भएको छ। स्थानीय खोल्सामा बिजुलीबाट करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
यसैबीच, स्याङजामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ। पुतलीबजार नगरपालिका– १२ पेल्काचौरकी २२ वर्षीया सुष्मा मल्लको भीरबाट लडेर आज बिहान मृत्यु भएको हो।
आफ्नै घरबाट अन्दाजी ३ किलोमिटर टाढा रहेको बग्रे भीरमा घाँस काट्ने क्रममा लडेर गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल स्याङजामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
" /> काठमाडौं। सर्लाही र सुनसरीमा करेन्ट लागेर दुईजनाको मृत्यु भएको छ।सर्लाहीको लालबन्दी नगरपालिका-१ नन्देश्वरीका ४० वर्षीय कृष्णबहादुर गोलेको करेन्ट लागेर आज बिहान मृत्यु भएको छ।

">