काभ्रे। न्यूनतम स्वास्थ्य-सुरक्षा मापदण्ड नअपनाइए त्यस्ता उद्योगको सञ्चालन अनुमति तत्काल रद्द गरिने भएको छ। 

जिल्लास्तरीय संकट व्यवस्थापन केन्द्रले कोरोना भाइरस संक्रमणको उच्च जोखिम बढ्दै गएको भन्दै न्यूनतम स्वास्थ्य-सुरक्षा मापदण्ड नअपनाइएका उद्योगको सञ्चालन अनुमति तत्काल रद्द गरिने भएको हो। यसका लागि केन्द्रले उद्योगहरुमा स्वास्थ्य–सुरक्षा मापदण्ड लागू भएनभएको त्यसको अनुगमन गर्नेछ। 

सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाइ खतिवडाको संयोजकत्वमा अनुगमन समितिसमेत गठन गरेको केन्द्रले जनाएको छ। समितिले उद्योगका कामदारको आवास व्यवस्थापन तथा उद्योगमा स्वास्थ्य-सुरक्षाबारे अनुगमन गर्ने प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले बताए। उनले भने, “समितिलाई अगुगमनका क्रममा उद्योगमा न्यूनतम स्वास्थ्य–सुरक्षा अवलम्बन नगरेको देखिए तत्काल सञ्चालन अनुमति रद्द गरिने अधिकार दिइएको छ।”

उनका अनुसार लकडाउन खुकुलो बनाएपछि जिल्लामा उद्योग तथा कलकारखाना सञ्चालनमा आउने भएकाले अनुगमन समिति बनाइएको हो। रासस

" /> काभ्रे। न्यूनतम स्वास्थ्य-सुरक्षा मापदण्ड नअपनाइए त्यस्ता उद्योगको सञ्चालन अनुमति तत्काल रद्द गरिने भएको छ। 

जिल्लास्तरीय संकट व्यवस्थापन केन्द्रले कोरोना भाइरस संक्रमणको उच्च जोखिम बढ्दै गएको भन्दै न्यूनतम स्वास्थ्य-सुरक्षा मापदण्ड नअपनाइएका उद्योगको सञ्चालन अनुमति तत्काल रद्द गरिने भएको हो। यसका लागि केन्द्रले उद्योगहरुमा स्वास्थ्य–सुरक्षा मापदण्ड लागू भएनभएको त्यसको अनुगमन गर्नेछ। 

सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाइ खतिवडाको संयोजकत्वमा अनुगमन समितिसमेत गठन गरेको केन्द्रले जनाएको छ। समितिले उद्योगका कामदारको आवास व्यवस्थापन तथा उद्योगमा स्वास्थ्य-सुरक्षाबारे अनुगमन गर्ने प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले बताए। उनले भने, “समितिलाई अगुगमनका क्रममा उद्योगमा न्यूनतम स्वास्थ्य–सुरक्षा अवलम्बन नगरेको देखिए तत्काल सञ्चालन अनुमति रद्द गरिने अधिकार दिइएको छ।”

उनका अनुसार लकडाउन खुकुलो बनाएपछि जिल्लामा उद्योग तथा कलकारखाना सञ्चालनमा आउने भएकाले अनुगमन समिति बनाइएको हो। रासस

"> न्यूनतम स्वास्थ्य-सुरक्षा अवलम्बन नगरे उद्योग सञ्चालन अनुमति रद्द गरिने: Dekhapadhi
न्यूनतम स्वास्थ्य-सुरक्षा अवलम्बन नगरे उद्योग सञ्चालन अनुमति रद्द गरिने <p style="text-align:justify">काभ्रे।&nbsp;न्यूनतम स्वास्थ्य-सुरक्षा मापदण्ड नअपनाइए त्यस्ता उद्योगको सञ्चालन अनुमति तत्काल रद्द गरिने भएको छ।&nbsp;</p> <p style="text-align:justify">जिल्लास्तरीय संकट व्यवस्थापन केन्द्रले कोरोना भाइरस संक्रमणको उच्च जोखिम बढ्दै गएको भन्दै न्यूनतम स्वास्थ्य-सुरक्षा मापदण्ड नअपनाइएका उद्योगको सञ्चालन अनुमति तत्काल रद्द गरिने भएको हो। यसका लागि केन्द्रले उद्योगहरुमा स्वास्थ्य&ndash;सुरक्षा मापदण्ड लागू भएनभएको त्यसको अनुगमन गर्नेछ।&nbsp;</p> <p style="text-align:justify">सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाइ&nbsp;खतिवडाको संयोजकत्वमा अनुगमन समितिसमेत गठन गरेको केन्द्रले जनाएको छ। समितिले उद्योगका कामदारको आवास व्यवस्थापन तथा उद्योगमा स्वास्थ्य-सुरक्षाबारे अनुगमन गर्ने प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले बताए। उनले भने, &ldquo;समितिलाई अगुगमनका क्रममा उद्योगमा न्यूनतम स्वास्थ्य&ndash;सुरक्षा अवलम्बन नगरेको देखिए तत्काल सञ्चालन अनुमति रद्द गरिने अधिकार दिइएको छ।&rdquo;</p> <p style="text-align:justify">उनका अनुसार लकडाउन खुकुलो बनाएपछि जिल्लामा उद्योग तथा कलकारखाना सञ्चालनमा आउने भएकाले अनुगमन समिति बनाइएको हो। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्