काठमाडौं। जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले कोरोना संक्रमितको संख्या बढेपछि जिल्ला पूर्ण रूपमा सिल गरेको छ।
कोभिड-१९ को संक्रमणबाट कपिलवस्तु उच्च जोखिममा देखिएपछि एक सूचना जारी गर्दै स्थानीय प्रशासनले जिल्ला पूर्ण रूपमा सिल गर्ने निर्णय गरेको जानकारी दिएको छ।
अति आवश्यक वस्तुहरू ढुवानी (खाद्यान्न, तरकारी, फलफूल, दूध, पेट्रोलियम पदार्थ, ग्यास, औषधि, पानी, पशुपन्छीको दाना), एम्बुलेन्स, शववाहन तथा राजमार्ग भएर गुड्ने सवारी साधन (जिल्ला भित्र ओर्लिन र चढ्न नपाउने गरी) बाहेक अन्य सबै बन्द गर्ने निर्णय गरेको छ।
प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जारी गरेको सूचना अनुसार जिल्लाभित्र गुड्ने सवारी साधन, मानिसको आवतजावत र सम्पूर्ण किसिमका गतिविधि आज बेलुका ५ बजेदेखि ५ जेठ राति १२ बजेसम्म पूर्ण रूपमा रोक लगाइएको छ।
स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) क र संक्रामक रोग ऐन २०२० को दफा २(१) बमोजिम पूर्ण रूपमा रोक लगाइएको उल्लेख छ।
जिल्ला प्रशासन कार्यालयले जारी गरेको आदेश उल्लंघन गरेको पाइएमा उल्लेखित कानून बमोजिम कारबाही गरिने चेतावनी दिइएको छ।
स्थानीय प्रशासनले खाद्यान्न तथा तरकारी किनमेलका लागि बिहान ७ बजेदेखि ९ बजेको समय निर्धारण गरेको छ। कपिलवस्तुमा आज एकै दिन १० जनामा संक्रमण देखिएको छ भने केहीदिन अघि ५ जनामा संक्रमण देखिएको थियो।
१५ जना संक्रमित नै लुकिछिपि भारतबाट नेपाल प्रवेश गरेका थिए।
" /> काठमाडौं। जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले कोरोना संक्रमितको संख्या बढेपछि जिल्ला पूर्ण रूपमा सिल गरेको छ।कोभिड-१९ को संक्रमणबाट कपिलवस्तु उच्च जोखिममा देखिएपछि एक सूचना जारी गर्दै स्थानीय प्रशासनले जिल्ला पूर्ण रूपमा सिल गर्ने निर्णय गरेको जानकारी दिएको छ।

">