काठमाडौं। कोरोना भाइरस संक्रमणको विस्तार बढेसँगै परीक्षणलाई पनि तीब्र पारिएको छ।
पछिल्लो २४ घण्टामा २ हजार ७९९ नमूना पीसीआर विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार आजसम्म पीसीआर विधिबाट १७ हजार ८०९ र आरडीटी किट परीक्षण विधिबाट ५८ हजार ५४६ नमूना परीक्षण गरिएका छन्।
आरडीटी किट परीक्षण अन्तर्गत प्रदेश १ मा सात हजार ७३७, २ मा पाँच हजार ९२७, बाग्मतीमा नाै हजार २९०, गण्डकीमा ६ हजार ४८४, प्रदेश ५ मा ६ हजार ९८५, कर्णाली प्रदेशमा सात हजार ११४ र सुदूरपश्चिम प्रदेशमा १५ हजार ९ नमूना परीक्षण भएका छन्।
मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा अनुसार हालसम्म क्वारेन्टाइनमा १२ हजार ७०१ जना रहेका छन्। तीमध्ये प्रदेश १ मा एक हजार ४७, २ मा एक हजार ५१७, बाग्मतीमा ११८, गण्डकीमा ३१६, प्रदेश ५ मा चार हजार ९४३, कर्णालीमा एक हजार ७४५ र सुदूरपश्चिममा तीन हजार १५ जना छन्।
आइसोलेसनमा संक्रमित र सम्भावित संक्रमित गरेर १५३ जना रहेका छन्। मोबाइल एप र वेबसाइटमा ३४ हजार ५१९ जनाले आफ्नो स्वास्थ्यको विषयमा स्व–मूल्याकंन फारम भरेका छन्। तीमध्ये ३४२ जनालाई रेडजोनमा राखिएको छ।
आजसम्म नेपालमा संक्रमितको संख्या १२१ पुगेको छ। हालसम्म प्रदेश १ मा ३५, २ मा ३२, बाग्मतीमा ७, गण्डकीमा २, प्रदेश ५ मा ४० र सुदूरपश्चिम प्रदेशमाा ५ जना संक्रमित भएका छन्। कर्णाली प्रदेशमा अहिलेसम्म संक्रमण देखिएको छैन।
संक्रमितमध्ये ३३ जना निको भएर घर फर्किसकेका छन्। मन्त्रालयका अनुसार ८८ जनाको अहिले विभिन्न अस्पतालमा उपचार भइरहेको छ। वीरगञ्जमा २८, विराटनगरमा १९, रुपन्देहीमा १६, नेपालगञ्जमा २४, भरतपुरमा १ जनाको उपचार भइरहेको छ। सबै संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ।
" /> काठमाडौं। कोरोना भाइरस संक्रमणको विस्तार बढेसँगै परीक्षणलाई पनि तीब्र पारिएको छ।

">