कोरोना संक्रमणपछि रोकिएको सेती अस्पतालको बहिरंग सेवा शुरू हुँदै

कैलाली। सेती प्रादेशिक अस्पतालमा कोरोना भाइरसको संक्रमणपछि बन्द रहेका बहिरंग (ओपीडी) सेवा सञ्चालनमा आउने भएको छ।

अस्पतालले आज सूचना जारी गर्दै भाेलि, ३० वैशाखदेखि बहिरंगलगायतका नियमित स्वास्थ्य सेवाहरू सञ्चालन हुने जनाएको छ।

यसअघि कोरोना भाइरसको महामारीलाई लिएर ११ चैतमा सेती प्रादेशिक अस्पताललाई सरकारले कोरोना बिशेष अस्पताल घोषणा गरेपछि ज्वरो र आकस्मिक बाहेकका सबै सेवा बन्द गरेको थियो।

अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले भोलिदेखि अस्पतालले सम्पूर्ण सेवा शुरू गर्ने बताए।

सुदूरपश्चिमकै रेफरल अस्पतालका रूपमा रहेको सेती प्रादेशिक अस्पतालमा कोरोना पोजिटिभ भएर भर्ना भएका पाँचैजना बिरामी निको भएर घर फर्किसकेका छन्।

प्रतिक्रिया दिनुहोस्