महामारीले समस्यामा परेका खेलाडीका परिवारलाई सविता र किशाेरकाे सहयाेग

काठमाडौं। एशियाली खेलकुदमा तेक्वान्दोबाट रजत पदक जितेकी सविता राजभण्डारी र उनका पति किशोर श्रेष्ठले कोभिड-१९ महामारीका कारण समस्यामा परेका खेलाडीका परिवारलाई खाद्यान्न सहयाेग गरेका छन्।

उनीहरूले कमजोर आर्थिक अवस्था भएका खेलाडीका परिवारलाई राहतस्वरूप खाद्य सामाग्री सहयोग गरेका हुन्।

सविताको तर्फबाट राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघका अध्यक्ष अशोककुमार श्रेष्ठलाई साे खाद्य सामग्री हस्तान्तरण गरे।

समस्यामा परेका १५० खेलाडीका परिवारकाे पहिचान गरी साे खाद्य सामग्री वितरण गरिनेछ।

उपत्यका र आसपासका जिल्लाको क्योकुसिन कराते खेलाडीलाई चामल, तेल, नुन, गेडागुडी, मसेउरा, सोयाबिन र साबुन प्रदान गरिएको संघकी उपाध्यक्ष हेमा मानन्धरले जानकारी गराइन्।

सविता र किशोरकै सहयोगमा यसअघि काठमाडौं महानगरपालिका-११ का दैनिक ज्यालादारी गरी गुजारा चलाउने मजदुरलगायत प्रभावित २०० परिवारलाई राहत वितरण गरिएको थियो।

त्यसबेला पनि सदस्य–सचिव सिलवालले वडाध्यक्ष हीरालाल तण्डुकारलाई राहत हस्तान्तरण गरेका थिए।

सविता १९९८ को बैंकक एशियाडकी रजत पदक विजेता हुन्। किशोरले पनि सोही एशियाडमा कांस्य जितेका थिए। उनीहरू लामो समयदेखि अमेरिकाको सियाटलमा बस्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्