काठमाडौं। म्यानचेस्टर सिटीका पूर्वकप्तान भिसेन्ट कोम्पनीले लिभरपुलका रक्षक भर्जिल भान डाइक इङ्लिस प्रियिमर लिगको उत्कृष्ट ‘सेन्टर ब्याक’ भएको बताएका छन्।
२८ वर्षे भान डाइक २०१८ जनवरीमा साउथह्याम्पटनबाट सात करोड ५० लाख पाउण्डमा लिभरपुलसँग अनुबन्ध भएका थिए। लिभरपुल अनुबन्ध भएसँगै भान डाइकको करिअरले उचाइ लिएको थियो।
भान डाइकको उत्कृष्ट प्रदर्शनप्रेरित लिभरपुलले गत सिजन युरोपियन च्याम्पियन्स लिगको उपाधि जितेको थियो।
गत सिजन बार्सिलोनाका फरवार्ड लियोनल मेस्सीले बालोन डी‘ओर अवार्ड जित्दा भान डाइक दोस्रो स्थानमा थिए।
म्यानचेस्टर सिटीका पूर्व रक्षक कोम्पनीले भान डाइक इङ्लिस प्रिमियर लिगको इतिहासकै उत्कृष्ट खेलाडी भएको बताए।
‘‘मलाई भान डाइक मन पर्छ’’, कोम्पनीले भने, ‘‘जोन टेरी, रियो फर्डिनान्ड जस्ता खेलाडीको नाम मैले नलिँदा अनौठो लाग्न पनि सक्छ। तर, उनले पछिल्ला वर्षहरूमा जुन प्रदर्शन गरेका छन्। त्यसले उनी उत्कृष्ट खेलाडी हुन् भन्ने प्रष्ट हुन्छ’’, उनले भने, ‘‘उनले रक्षापंक्तिमा कस्तो प्रभाव पार्याे भन्दा पनि अरू खेलाडीसँगको तालमेल महत्त्वपूर्ण हो। जसले टीमलाई एक ढिक्का बनाइराख्छ। भान डाइक आउनुअघिको लिभरपुल र उनी आएपछिको लिभरपुलमा धेरै फरक छ।’’
जारी सिजन कोभिड-१९ का कारण लिग स्थगित हुनुअघि लिभरपुल २५ अंकका साथ शीर्ष स्थानमा छ। लिभरपुल झन्डै तीन दशकपछि प्रिमियर लिग उपाधि नजिक छ।
" /> काठमाडौं। म्यानचेस्टर सिटीका पूर्वकप्तान भिसेन्ट कोम्पनीले लिभरपुलका रक्षक भर्जिल भान डाइक इङ्लिस प्रियिमर लिगको उत्कृष्ट ‘सेन्टर ब्याक’ भएको बताएका छन्।२८ वर्षे भान डाइक २०१८ जनवरीमा साउथह्याम्पटनबाट सात करोड ५० लाख पाउण्डमा लिभरपुलसँग अनुबन्ध भएका थिए। लिभरपुल अनुबन्ध भएसँगै भान डाइकको करिअरले उचाइ लिएको थियो।

">