काठमाडौं। सरकारले दार्चुलाको व्यास गाउँपालिकामा पर्ने कालापानी क्षेत्र नजिकै छांगरुमा सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोष्ट (बीओपी) स्थापनाको तयारी गरेको छ। गत मंसिरमा नै त्यसक्षेत्रमा बीओपी राख्ने निर्णय गरेअनुसार अबको दुईतीन दिनमा नै बीओपी राख्ने गरी तयारी अघि बढाइएको हो।
यातायातका दृष्टिकोणले निकै विकट रहेको उक्त क्षेत्रमा नेपाली सेनाको हेलिकप्टरमार्फत् आवश्यक बन्दोबस्तीका सामान लैजाने तयारी सशस्त्र प्रहरी बलले गरेको छ।
सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता डिआइजी प्रविणकुमार श्रेष्ठले दुईतीन दिन भित्रमा बीओपी स्थापना गर्नेगरी तयारी अघि बढेको जानकारी दिए। “तयारी गरिरहेका छौं। केहीदिनमा नै स्थापना गरिसक्छौं”, उनले भने, “हातहतियार, बन्दोबस्तीका सामान र अन्य आवश्यक व्यवस्थापन गरेर दुईतीन दिनभित्रमा स्थापना गर्ने तयारी भइरहेको छ।”
व्यास गाउँपालिका-१ छांगरुमा सशस्त्र प्रहरी बलको स्थायी बीओपी स्थापना हुनेछ। गतवर्षको कात्तिकमा भारतले नेपाली भूभागसमेत समेटेर आफ्नो राजनीतिक नक्सा सार्वजनिक गरेदेखि नै त्यसक्षेत्रमा सशस्त्रको प्रहरी बलको पोष्ट राख्न माग बढेको थियो। अहिले पुनः भारतले नेपाली भूभागमा बाटो बनाउँदै लिपुलेकसम्म जाने सडक उद्घाटन गरेपछि तत्कालै त्यहाँ सशस्त्रको बीओपी राख्न लागिएको हो।
सशस्त्र प्रहरी बल ५० नम्बर गुल्म दार्चुलाका प्रमुख डिएसपी डम्बरबहादुर बिष्टले कालापानी क्षेत्र नजिकै व्यास नगरपालिकाको छांगरुमा बीओपी स्थापनाको सबै तयारी पूरा भएको बताए। “हामीलाई हेडक्वार्टरबाट आदेश भए अनुसार आवश्यक सबै तयारी गरेका छौं”, उनले भने, “बन्दोबस्तीका सामान, हातहतियार, मेडिकल सामाग्री, ६ महिनाका लागि पुग्ने रासन लगायतको तयारी गरिएको छ।”
अहिले प्रहरी निरीक्षकको कमाण्डमा २५ जनाको टोली बीओपीमा राखिने छ। स्थानीयले व्यासको छांगरुमा भवन निर्माण गर्नका लागि जमिनसमेत उपलब्ध गराइसकेका छन्।
दार्चुलाको उत्तरमा चीन र दक्षिणमा भारतसँग सीमा जोडिएको छ। भारतसँग नेपालको १९८ किलोमिटर र चीनसँग १५ किलोमिटर सीमा जोडिएको छ। अहिले बीओपी राखिने क्षेत्रदेखि कालापानी १२र१३ किलोमिटरको दूरीमा पर्दछ।
तीनतिर गरी भारतसँग नेपालको जम्मा एक हजार ८८० किलोमिटर सीमा जोडिएको छ। यति लामो दुरीमा अहिलेसम्म १२१ वटा मात्रै बीओपी छन्।
सशस्त्रका आईजीपी निरीक्षणमा जाँदै
सशस्त्र प्रहरी बल नेपालले दार्चुलाको व्यास गाउँपालिका–१ छांगरुमा बीओपी स्थापना गर्ने तयारी गरेपछि त्यसक्षेत्रको निरीक्षण गर्न सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल जान लागेका छन्। सशस्त्र प्रहरी उच्च स्रोतका अनुसार आईजीपी खनालसहितको टोलीले हेलिकप्टरमार्फत् त्यसक्षेत्रको निरीक्षण गर्न लागेको छ।
स्रोतले दिएको जानकारी अनुसार सशस्त्रका आईजीपी खनाल आजै त्यसतर्फ प्रस्थान गर्न लागेका छन्।
उनी जाने हेलिकप्टरबाट नै त्यहाँका लागि आवश्यक पर्ने बन्दोबस्तीका सामानहरु लैजाने तयारी भइरहेको छ।
" /> काठमाडौं। सरकारले दार्चुलाको व्यास गाउँपालिकामा पर्ने कालापानी क्षेत्र नजिकै छांगरुमा सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोष्ट (बीओपी) स्थापनाको तयारी गरेको छ। गत मंसिरमा नै त्यसक्षेत्रमा बीओपी राख्ने निर्णय गरेअनुसार अबको दुईतीन दिनमा नै बीओपी राख्ने गरी तयारी अघि बढाइएको हो।यातायातका दृष्टिकोणले निकै विकट रहेको उक्त क्षेत्रमा नेपाली सेनाको हेलिकप्टरमार्फत् आवश्यक बन्दोबस्तीका सामान लैजाने तयारी सशस्त्र प्रहरी बलले गरेको छ।

">