लिबियाको राजधानी ट्रिपोली बम वर्षाको चपेटामा

ट्रिपोली। लिबियाको राजधानी शहर ट्रिपोलीमा हिजो व्यापक बम वर्षा भएको छ।

समाचार एजेन्सी रोयटर्सका अनुसार पूर्वी क्षेत्रमा आधारित खलिफा हफ्तार नामक समूहले हिजो रातभर राजधानीमाथि धावा बोलेको हो।

विद्रोही समूहको आक्रमणका कारण ट्रिपोलीमा पानीको हाहाकार मच्चिएको छ। सशस्त्र जत्थाले दक्षिणी क्षेत्रबाट पानीको आपूर्ति बन्द गरिदिएकाले त्यस्तो अवस्था आएको अधिकारीहरूले जनाएका छन्।

उक्त विद्रोही समूहले १३ महीनायता राजधानी ट्रिपोलीमाथि कब्जा जमाउने प्रयास गरिरहेको छ। टर्कीको मद्दतबाट अन्तर्राष्ट्रिय मान्यताप्राप्त गभर्मेन्ट अफ नेसनल एकर्ड (जीएनए)ले राजधानीलाई नियन्त्रणमा लिन सफलता पाइरहेको छ।

गत महीना जीएनएको सैन्य दस्ताले खलिफा हफ्तार समूहको कब्जामा रहेको उत्तरपश्‍चिमी शहर नियन्त्रणमा लिएको थियो।

प्रतिक्रिया दिनुहोस्