बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा भोजपुरमा वृद्ध पक्राउ <p>भोजपुर। १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा टेम्केमैयुङ गाउँपालिका-७ कोट बस्ने ६७ वर्षीय काजीमान सुयललाई प्रहरीले पक्राउ गरेको छ।</p> <p>सोही ठाउँमा पसल गरी बस्ने सुयलले ती किशोरीलाई शुक्रबार दिउँसो विभिन्न प्रलोभनमा पारी घर नजिकैको जंगलमा लगेर जबरजस्ती करणी गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।</p> <p>वृद्ध काजीमानलाई हिरासतमा राखेर अनुसन्धान थालिएको छ।</p> <p>बालिकालाई अहिले स्थानीय गैरसरकारी संस्था विकास र सचेतनाका लागि सामाजिक संस्था (सोडा) को सुरक्षित आवास गृहमा राखिएको भोजपुरका प्रहरी प्रवक्ता इन्सपेक्टर पाण्डव राजवंशीले बताए।</p>
प्रतिक्रिया दिनुहोस्