अमेरिकन आइडलको उत्कृष्ट ७ मा पुगे दिवेश पोखरेल

काठमाडौं। अमेरिकन आइडलको १८ औं संस्करणको उपाधि यात्रामा अघि बढ्ने क्रममा नेपालका दिवेश पोखरेल उत्कृष्ट सातभित्र परेका छन्।

उत्कृष्ट ११ प्रतिस्पर्धीबीचमा मतका आधारमा हिजो, २८ वैशाखमा सर्वाधिक मत ल्याउने उत्कृष्ट सातको छनोट गरिएको हो।

अमेरिकाको कन्सास राज्यको विचिटा शहरमा बस्दै आएका २२ वर्षीय दिवेशले अमेरिकन आइडलमा 'आर्थन गन' को नामले प्रतिस्पर्धा गर्दै आएका छन्।

दिवेशले उत्कृष्ट सातमा पर्ने क्रममा एनिमेटेड चलचित्र 'द लिटल मर्मेड' को एलान मेनकनको शब्द र होवार्ड एस म्यानको सङ्गीत तथा एस्ले टिसडालेको गायन रहेको 'किस द गर्ल बोल' को गीत गाएका थिए।

उनले अमेरिकन आइडलमा छानिनुअघि नै केही नेपाली गीत गाएर युट्युब मार्फत सार्वजनिक गरिसकेका थिए।

काठमाडौंमा हुर्किएका दिवेश उच्च शिक्षाका लागि अमेरिकामा आमा बुबासँगै बस्दैं आएका छन्।

प्रतिक्रिया दिनुहोस्