कोभिड-१९ : संसारभर ४० लाख नाघे बिरामी, २ लाख ७७ हजारको मृत्यु
लन्डन। कोभिड-१९ का बिरामी संसारभर ४० लाख नाघेका छन्। तीमध्ये दुई लाख ७७ हजार ९२ जनाले ज्यान गुमाएका छन्।

यही अवस्थाबीच बेलायत र जर्मनीले आर्थिक गतिविधि अगाडि बढाउन लकडाउन केही खुकुलो बनाएका छन्।

अत्यधिक प्रभावित स्पेनमा आइतबार कोभिड-१९ बाट मृतकको संख्यामा कमी आएको छ।

रुसमा पछिल्लो २४ घण्टामा ११ हजार १२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। रुसमा हालसम्म दुई लाख नौ हजार ६ सय ८८ संक्रमित फेला परिसकेका छन्।

दक्षिण कोरियामा नयाँ संक्रमणको लहर चलेपछि कोभिड-१९ महामारीको दोस्रो तरंगको चेतावनी दिइएको छ। र, लकडाउन कडा बनाइएको छ।

चीनमा पनि उत्तरपूर्वी क्षेत्रमा महामारीको दोस्रो लहरको चेतावनी दिइएको छ। र, जिलिन प्रान्तलाई उच्च जोखिमयुक्त श्रेणीमा राखिएको छ।

जापानका अस्पतालमा ९० प्रतिशत बेड भरिएका छन्। अस्ट्रेलियामा भने रेस्टुराँ, खेल मैदान र आउटडोर पुल खोल्न अनुमति दिइएको छ।

अमेरिकाभरमा हालसम्म ८० हजार जनाले ज्यान गुमाएका छन्। क्यानडामा मृतक संख्या चार हजार सात सय २८ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्