कोभिड-१९ : बेलायतमा ‘स्टे होम’को साटो ‘स्टे अलर्ट’
लन्डन। बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले स्थानीय समयअनुसार आइतबार कोभिड-१९ विरुद्धको लडाईंलाई लिएर केही महत्वपूर्ण घोषणा गरे। त्यसमध्ये एउटा छ, सचेतनाका लागि हालसम्म भन्ने गरिएको ‘स्टे होम’को नारा परिवर्तन।

उनले ‘स्टे होम, प्रोटेक्ट द एनएचएस, सेभ लाइभ्स’ नाराको विकल्प तयार पारेका छन्- ‘स्टे अलर्ट, कन्ट्रोल द भाइरस, सेभ लाइभ्स’। अर्थात्, अब कोरोना भाइरससँगै बाँच्न सिक्नुपर्ने उनको आशय देखिन्छ।

कोभिड-१९ बाट अति प्रभावित उत्तरी आयरल्यान्ड र वेल्समा भने पुरानै नारा कायम रहने जोनसनको भनाइ छ।

“नयाँ कोभिड अलर्ट प्रणालीले इंग्ल्यान्डमा भाइरसको ट्रयाक गर्नेछ,” उनले भने, “तर, लकडाउन समाप्त गर्ने समय आएको छैन।”

घरबाट निस्केर सक्रिय रूपमा काममा जान प्रोत्साहन गरिने उनले बताए। तर, सार्वजनिक यातायातको प्रयोगलाई प्रोत्साहित नगरिने स्पष्ट पारे।

आगामी बुधबारदेखि देशभरका मानिस व्यायामका लागि जान सक्ने, पार्कमा बस्न सक्ने तर भौतिक दूरीको अनिवार्य पालना गर्नुपर्ने जोनसनले बताएका छन्। आगामी जुन महीनादेखि विद्यालयहरू खुलाइने उनले बताए।

प्रधानमन्त्री जोनसनले लकडाउनलाई केही खुकुलो बनाएका छन्। तर, कोरोना भाइरसको संक्रमणमा उच्च सतर्कता अपनाइने पनि बताएका छन्।

प्रतिक्रिया दिनुहोस्