काठमाडौं । लकडाउनका कारण घर बस्दाबस्दा दिक्क हुनुभएको छ ? हुनु त स्वाभाविक नै हो। अझ बाहिरफेर घुमिरहने त हाम्रो स्वभाव नै हो। यो स्वभाव विपरीत घरभित्र बस्नपर्दा हामीमध्ये धेरै दिक्क भएका छौं।

त्यसो भए हिँड्नुस्, जाउँ घुम्न। घुम्न ? हो, घुम्न तर घरभित्रै बसेर। त्यो पनि सम्पदा क्षेत्रको।

घरभित्रै बसेर पनि नेपालका विभिन्न सम्पदा क्षेत्र घुम्न सकिन्छ। तिनका कथा थाहा पाउन सकिन्छ। र, यो अभियान शुरू गरेको छ- स्टोरी साइकलले।

“घरमै बसेर विभिन्न सम्पदा क्षेत्रको कथा सुनाउने नयाँ आइडिया हो यो”, स्टोरी साइकलका सह-सञ्चालक सौरभ ढकाल बताउँछन्।

घुम्ने कसरी ?

स्टोरी साइकल एउटा ‘प्लेटफर्म’ हो जहाँ सबैले आ–आफ्नो क्षेत्र र समुदायबारेका ऐतिहासिक जानकारी सुनाउन सक्छन्। ती कथा मल्टिमिडियामार्फत् कथा बनाएर वेबसाइटमा राखिन्छ।

यस्तो डिजिटल भ्रमण ‘जुम’ नामको एपबाट गरिन्छ। भ्रमणका लागि छानिएका क्षेत्रका विभिन्न तस्वीर र भिडिओ जुम एपबाट देखाइन्छ। र, त्यस ठाउँबारे जानकार व्यक्तिले वर्णन गर्छन्।

यस्तो वर्णन केवल परिचय दिने उद्धेश्यमा सिमित हुँदैन। त्यस क्षेत्रका खासै नसुनिएका कथा पनि सुनाइने गरिन्छ त्यस्तो भर्चुअल भ्रमणमा। भर्चुअल भ्रमणमा सांकेतिक भाषा पनि प्रयोग गरिएको छ।

ढकालका अनुसार यसरी अहिलेसम्म दुई क्षेत्रको सम्पदा यात्रा भइसकेको छ। ती हुन्- बाग्मती करिडोर र बारपाक क्षेत्रको भ्रमण।

बागमती करिडोरबारे गरिएको पहिलो भर्चुअल भ्रमणमा दर्शकको उत्साहजनक सहभागिता रहेको उनले बताए। त्यस्तै गोरखाको बारपाक क्षेत्रको भ्रमणमा स्थानीय वीरबहादुर घलेले सघाएका थिए।

जुम अनलाइन ग्रूपमा सयभन्दा बढी व्यक्ति सहभागी हुन नमिल्ने भएकाले छानेर मात्र दर्शक लिने गरिएको ढकालले बताए। त्यसैले भ्रमण गर्ने ईच्छा भएकाले स्टोरी साइकलको आधिकारिक साइटमा रहेको अनलाइन फारम भर्नुपर्छ।

अब अर्को भर्चुअल यात्रा लुम्बिनी र सोलुखुम्बुको खुम्बुमा हुने ढकालले जनाए।

सन् २०१० मा स्थापना गरिएको स्टोरी साइकलको उद्धेश्य नै विभिन्न पर्यटकीय र सम्पदा क्षेत्रको जानकारी प्रविधिमार्फत् पुर्‍याउनु रहेको ढकालले बताए।

स्टोरी साइकलले सन् २०१४ मा गुगलसँगको सहकार्यमा सगरमाथा क्षेत्र, लुक्ला र अन्य पाँच ठाउँमा स्टोरी क्याम्प गरेका थिए।

उनीहरूले यो साइटमा नक्साका आधारमा ३६० डिग्री फोटोमार्फत् कथाहरू पनि भन्ने गरेका छन्।

तिनै कार्यक्रमबाट संकलन गरिएका सामग्रीलाई प्रयोग गरेर ‘भर्चुअल सम्पदा यात्रा’ भइरहेको उनको भनाई छ।

नेपालमा सम्पदा र पर्यटकीय क्षेत्रबारे इन्टरनेट सामग्री निकै कम रहेको भन्दै उनले यस्तो भ्रमणले डिजिटल फुटेज पनि बढ्ने बताए।

ढकाल भन्छन्, “हाम्रा इतिहासका कैयौं कुरा राम्ररी संकलन नगरेकै कारण हराएका छन्। अब प्रविधि प्रयोगले नयाँ पुस्तालाई प्राचीन सम्पदाबारे बुझाउन सकिन्छ । यसले नेपालको इन्टरनेटमार्फत् प्रचार प्रसार पनि बढ्छ।”

" /> काठमाडौं । लकडाउनका कारण घर बस्दाबस्दा दिक्क हुनुभएको छ ? हुनु त स्वाभाविक नै हो। अझ बाहिरफेर घुमिरहने त हाम्रो स्वभाव नै हो। यो स्वभाव विपरीत घरभित्र बस्नपर्दा हामीमध्ये धेरै दिक्क भएका छौं।

"> आउनुस् घरमै बसीबसी गरौं सम्पदा क्षेत्रको भ्रमण: Dekhapadhi
आउनुस् घरमै बसीबसी गरौं सम्पदा क्षेत्रको भ्रमण

प्रतिक्रिया दिनुहोस्