भारतका पूर्व-प्रधानमन्त्री सिंह अस्पताल भर्ना

काठमाडौं। भारतका पूर्व प्रधानमन्त्री, अर्थशास्त्री डा. मनमोहन सिंह मुटुको समस्या देखिएपछि आज साँझ दिल्लीको ‘अल इन्डिया इन्स्टिच्युट अफ् मेडिकल साइन्सेज’ (एम्स) अस्पतालमा भर्ना भएका छन्। भारतीय काँग्रेसका चर्चित नेता सिंहलाई नेपाली समय अनुसार बेलुका नौ बजेतिर अस्पतालको कार्डिओ-थोरासिस वार्डमा भर्ना गरिएको थियो।

८७ वर्षीय पूर्व प्रधानमन्त्री सिंहलाई यसअघि पनि दुईपटक हस्पिटलको सामान्य कक्षमा भर्ना गरिएको थियो।

सिंहको स्वास्थ्यबारे थप जानकारी आउन बाँकी छ।

सन् २००९ मा सिंहको मुटुको बाइपास सर्जरी गरिएको थियो। त्यतिबेला उनको १० घण्टा लामो शल्यक्रिया भएको थियो।

त्यस्तै सन् २००८ मा उनको क्याट्रयाक्टको शल्यक्रिया भएको थियो भने सन् २००७ मा प्रोस्टेटको शल्यक्रिया भएको थियो।

स्वास्थ्य अवस्थाका बावजुद सिंह सक्रिय थिए। अघिल्लो हप्ताको शुरूमा उनले कांग्रेस प्रमुख सोनिया गान्धी र पार्टीको शासन भएका प्रान्तका मुख्यमन्त्रीहरूसँगै मिलेर सरकारलाई कोरोना भाइरस लकडाउनबारे प्रश्न गरेका थिए।

प्रतिक्रिया दिनुहोस्