काठमाडौं। मण्डिखाटारमा बस्दै आएका कैलालीका राकेश योगी लामो समयदेखि फोक्सो सम्बन्धी रोगबाट पीडित छन्।

दिनको तीनपटक औषधि सेवन गर्नुपर्छ। चिकित्सकले त उनको फोक्सो नै प्रत्यारोपण गर्नुपर्छ भनेका छन्। तर, एक करोडभन्दा बढी खर्च लाग्ने भएकाले त्यो उनको वशमा छैन। उनी औषधिमै निर्भर छन्। त्यही औषधि पनि दयालु दाताहरूको सहयोगले अडेको छ।

हप्तामा पाँच हजार रूपैयाँभन्दा बढीको औषधि सेवन गर्नुपर्छ। औषधि खान एक घण्टा ढिलो भए समस्या उब्जिइहाल्छ। त्यही समस्यामा थपिन पुगेको छ लकडाउन।

“सधैँ बिहान–बेलुका आधा घण्टा बिस्तारै हिँड्नुपर्छ मलाई, तर म बस्ने नजिकै सडक छ। हिँड्न थाल्यो भने प्रहरीले लखेटिहाल्छ। खाने औषधि पनि सहज रूपमा पाइएको छैन। एकदमै समस्या भएको छ”, उनले दुःखेसो पोखे।

तीनजना छोराछोरी र एक श्रीमती छन् घरमा। उनको स्याहारमै श्रीमतीको दिन जान्छ। लकडाउनले दिउँसो कतै काम गर्न जान पनि पाएकी छैनन् उनी। दाताको सहयोगमा आश्रित यो परिवारलाई लकडाउनले दुःखमाथि दुःख थपिदिएको छ। लकडाउनका कारण दाताहरूबाट पनि सहयोग आउन छोडेको छ। जसले गर्दा एकातिर औषधिको अभाव छ, अर्कोतिर खाद्यान्नको।

फोक्सोको रोगबाट पीडित रोकेश योगी, स्वास्थ्य परीक्षणका लागि अस्पतालमा।

“अहिलेसम्म त जेनतेन चलेकै छ। लकडाउन लम्बिँदै जाँदा के गर्ने भन्ने चिन्ता लाग्छ। दैनिक १८ घण्टा अक्सिजन चाहिन्छ। त्यो पनि ल्याउन निकै गाह्रो छ”, योगी भन्छन्, “पीडा कसलाई पोखू ? एकातिर नदेखिने भाइरसको त्रास छ, अर्कोतिर देखिने अभावको अत्यास छ।”

त्यस्तै, अप्ठ्यारोमा छिन् कञ्चनपुरको बेतकोट नगरपालिकामा पर्ने दैजीकी द्रौपदी भण्डारी पनि। दमकी रोगी उनले लामो समयदेखि नयाँ दिल्लीबाट औषधि ल्याएर खाने गर्थिन्। त्यही औषधिले उनको स्वास्थ्य थामेको थियो। तर, लकडाउनका कारण औषधि सकिए पनि उनले मगाउन सकेकी छैनन्। उनका नातीहरूले ‘दैलोमा दबाई’ अभियान चलाइरहेको सामाजिक संस्था बोलन्या थलीसँग सम्पर्क गरेर ‘अल्टरनेटिभ’ औषधि मगाएर खुवाइरहेका छन्।

“त्यही औषधि नपाएर मर्नु भन्दा त केही हदसम्म कम गर्नका लागि ‘अल्टरनेटिभ’ औषधि खान दिएका छौं” उनका नाति महेश भन्छन्।

डडेल्धुराको गन्यापधुरा–२ का ६९ वर्षीय दिलराज पनेरु पनि सधैँ खाने औषधि नपाएपछि अप्ठ्यारोमा परेका छन्। टाउको दुख्ने समस्या भएकाले उनले एक वर्षदेखि औषधि खाइरहेका छन्। त्यो औषधि महेन्द्रनगर, धनगढी वा भारतबाट ल्याउने गरेका थिए उनले। तर, सकिएपछि साह्रै सकस भएको उनी बताउँछन्।

यी त केही उदाहरण मात्र हुन्। लकडाउनका कारण सधैँ खाने औषधि नपाएर दीर्घरोगीहरू समस्यामा पर्न थालेका छन्। तर, त्यसरी अप्ठ्यारोमा पर्ने दीर्घरोगी कति छन् भन्ने सरकारलाई नै थाहा छैन।

अहिले सरकारले स्थानीय तहमार्फत् उनीहरूको तथ्यांक संकलन गर्न थालेको स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी गणेश श्रीवास्तव बताउँछन्। लकडाउनका बेला दीर्घरोगीलाई स्थानीय सरकारमार्फत् घरमै औषधि पुर्‍याउन सकिन्छ वा अन्य के विकल्पबाट अगाडि बढ्न सकिन्छ भनेर तथ्यांक संकलनको काम भइरहेको उनी बताउँछन्।

दीर्घ रोगका बिरामीलाई घरमै औषधि पुर्‍याउँदै सामाजिक संस्था बोलन्या थली।

“स्थानीय पालिकाले आफ्नो क्षेत्रमा भएका दीर्घरोगीहरूको अवस्था कस्तो छ ? उनीहरूको आर्थिक अवस्था कस्तो छ ? घरमै औषधि पुर्‍याउनुपर्ने अवस्था छ वा छैन जस्ता विषयमा तथ्यांक संकलन गरेपछि मात्र वास्तविक समस्या थाहा हुन्छ। त्यो सबै काम स्थानीय सरकारहरूले गरिरहेका छन्”, उनी भन्छन्।

नेपालमा दीर्घरोगीको समस्या ठूलो छ। रोगका कारण निधन हुनेमध्ये ६६ प्रतिशत नसर्ने रोगबाट पीडित हुने गरेको स्वास्थ्य अनुसन्धान परिषद्को प्रतिवेदनमा जनाइएको छ।

नसर्ने रोगमध्ये अधिकांशको ज्यान मुटुसम्बन्धी रोगबाट जाने गरेको छ। त्यस्तै स्वास प्रश्वासजन्य रोग (सीओपीडी)का कारणबाट पनि धेरैको ज्यान जाने गरेको छ।

नेपालमा मुटु, श्वासप्रश्वास, मिर्गौला र मधुमेह जस्ता नसर्ने रोगीको संख्या बढिरहेको प्रतिवेदनमा उल्लेख छ। कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेका यिनै दीर्घरोगी लम्बिँदो लकडाउन र त्यसले सिर्जना गरेको अभावले झन् बढी जोखिममा छन्।

" /> काठमाडौं। मण्डिखाटारमा बस्दै आएका कैलालीका राकेश योगी लामो समयदेखि फोक्सो सम्बन्धी रोगबाट पीडित छन्।

"> यसै त दीर्घरोगी, त्यसमाथि लकडाउन र औषधि अभाव : Dekhapadhi
यसै त दीर्घरोगी, त्यसमाथि लकडाउन र औषधि अभाव

प्रतिक्रिया दिनुहोस्