काठमाडौं। स्पेनकाे शीर्ष दुई लिगका पाँच खेलाडीमा कोरोना भाइरस पोजिटिभ देखिएको ला लिगाले जनाएको छ।
उनीहरू सबैलाई अहिले आइसोलेसनमा राखिएको छ। उनीहरूको नियमित परीक्षण गरिने र लगातार दुई परीक्षणमा नेगेटिभ नतिजा आएपछि मात्र ट्रेनिङमा सामेल हुन पाउनेछन्।
ला लिगाले आगमी जुनबाट पुनः शुरू गर्ने तयारी गरिरहेको छ। त्यसकारण क्लबहरूले ट्रेनिङ शुरू गर्नुअघि ला लिगाले सबै खेलाडीमा कोरोना भाइरस परीक्षण गरिएको थियो। स्पेनमा पनि बन्द रंगशालामा खेल शुरू गर्ने तयारी भइरहेको छ।
शीर्ष स्थानका बार्सिलोनासहित ला लिगाका थुप्रै क्लबका खेलाडीले गत साताबाट व्यक्तिगत ट्रेनिङ शुरू गरेका छन्। स्पेनमा २६ हजार ६२१ ले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् भने दुई लाख २४ हजार ३९० जना संक्रमित भएका छन्।
युरोपका अन्य लिगहरूमध्ये इङ्लिस प्रिमियर लिगको क्लब ब्राइटनमा पनि आजै मात्र थप एकजनामा कोरोना भाइरस पोजिटिभ देखिएको थियो। ब्राइटनमा कोरोना भाइरस पोजिटिभ देखिएको यो तेस्रो केस हो।
यसै साता जर्मन बुन्डेसलिगा टु को क्लब डायनामो ड्रेस्डेनका दुई खेलाडीमा कोरोना भाइरस पोजिटिभ देखिएपछि पूरै टीमलाई दुई साता आइसोलेसनमा राखिएको थियो।
त्यस्तै पोर्चुगलको शीर्ष डिभिजन क्लब भोटोरिया गुमेराइजका तीन खेलाडीमा कोरोना भाइरस पोजिटिभ देखिएको थियो।
" /> काठमाडौं। स्पेनकाे शीर्ष दुई लिगका पाँच खेलाडीमा कोरोना भाइरस पोजिटिभ देखिएको ला लिगाले जनाएको छ।उनीहरू सबैलाई अहिले आइसोलेसनमा राखिएको छ। उनीहरूको नियमित परीक्षण गरिने र लगातार दुई परीक्षणमा नेगेटिभ नतिजा आएपछि मात्र ट्रेनिङमा सामेल हुन पाउनेछन्।

">