बजेटका सिद्धान्त र प्राथमिकताः खेलकुदमा लगानी बढाइने
काठामाडौं। अर्थमन्त्री डा. युवराज खतिवडाले खेलकुदमा लगानी बढाउनुका साथै पूर्वाधार विकासलाई प्राथमिकतामा राख्ने बताएका छन्।

आज संघीय संसद्को प्रतिनिधि सभा बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै अर्थमन्त्री खतिवडाले खेलाडीलाई प्रोत्साहन गर्नुका साथै निर्माणाधीन राष्ट्रिय र क्षेत्रीयस्तरका ठूला पूर्वाधार सम्पन्न गर्न सरकारले प्राथमिकता दिने बताएका हुन्।

‘‘युवालाई विकास र आर्थिक सामाजिक रूपान्तरणको संवाहकको रूपमा परिचालन गरी राष्ट्र निर्माणको नेतृत्व गर्न सक्षम तुल्याइनेछ’’, सिद्धान्त र प्राथमिकतामा भनिएको छ, ‘‘खेलकुद पूर्वाधार निर्माण र खेलाडीहरूलाई प्रोत्साहित गर्दै यस क्षेत्रको समग्र विकास गरिनेछ। खेलकुदका निर्माणाधीन राष्ट्रिय र क्षेत्रीयस्तरका ठूला पूर्वाधार सम्पन्न गर्न प्राथमिकता दिइनेछ।’’

गत वर्ष १३औं दक्षिण एशियाली खेलकुद (साग) आयोजनाका लागि सरकारले ठूलो रकम विनियजन गरेको थियो। तर, यसपटक ठूलो प्रतियोगिता आयोजना हुने छैनन्।

अर्थमन्त्री खतिवडाले संसद्को आजको बैठकमा आगामी बजेटको सिद्धान्त र प्राथमिकता छलफलका लागि पेश गरेका हुन्। सरकारले १५ जेठमा आगामी आर्थिक वर्षको बजेट संसद्मा प्रस्तुत गर्नेछ।

अर्थमन्त्रीले आगामी बजेटमा, स्वास्थ्य पूर्वाधार, रोजगारी, कृषि, उद्योग लगायतका क्षेत्रलाई बजेटको कार्यक्रममा विशेष ध्यान दिने संसद्मा प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्