जिल्ला अदालत कास्कीका श्रेस्तेदार पराजुलीविरुद्ध भ्रष्टाचार मुद्दा
<p>काठमाडौं। जिल्ला अदालत, कास्कीमा कार्यरत श्रेष्तेदार लोकनाथ पराजुलीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ।</p>
<p>अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पराजुलीविरुद्ध आज ३० हजार रूपैयाँ मागदाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताएका छन्। </p>
<p>पराजुलीले अदालतमा विचाराधिन मुद्दामा नियन्त्रणमा लिएको गाडी छुटाइदिने प्रयोजनका लागि विभिन्न बहानामा घुस/रिसवत माग गरिरहेको भन्ने सूचनाका आधारमा पुगेको आयोगको टोलीले गएको ६ चैतमा पक्राउ गरेको थियो। </p>
<p>पराजुलीले संगठित अपराध, कर्तव्य ज्यान मुद्दामा दशी प्रमाणको रूपमा जिल्ला अदालत, कास्कीमा पेश भएको सेवाग्राहीको ग १ च २३६३ नं. को कार अदालतको आदेश बमोजिम छुटिसकेको अवस्थामा समेत निजले धरौटी निर्धारण गरी गाडी छोडिदिने भनी तीस हजार रूपैयाँ घुस लिएको अख्तियारले जनाएको छ। </p>
प्रतिक्रिया दिनुहोस्
