सुर्खेत। कर्णाली प्रदेश सरकारले यहाँका हिमाली जिल्लामा एअरलिफ्टिङ गरेर चिकित्सक पठाएकाे छ।
कोरोना भाइरसको प्रतिकार्य, रोकथाम तथा नियन्त्रण कार्यलाई थप प्रभावकारी बनाउन प्रदेश सरकारले आज प्रदेशअन्तर्गत १० जिल्लाका २७ ठाउँमा चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली पठाएको हो।
प्रदेश सरकारले हिजाे, २७ वैशाखमा डोल्पा र आज हुम्लामा एअरलिफ्टिङ गरेर चिकित्सक टोली पठाएको हो। उनीहरूलाई एक महीनाका लागि पठाएको बताइएको छ।
कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत चिकित्सकको टोली लिएर हुम्ला गएको बताए। “मुगुमा भोलि पठाउने तयारी गरिरहेका छौं”, उनले भने।
अन्य जिल्लामा भने आजै स्थलमार्गबाट चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली पठाइएको मन्त्री रावलकाे भनाइ छ। सरकारले प्रतिष्ठान जुम्ला र प्रदेश अस्पतालका चिकित्सकको टोलीलाई २७ स्थानमा खटाएको हो।
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, सामाजिक विकासमन्त्री दल रावल, प्रमुख सचिव टेकनारायण पाण्डे, स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेश सुर्खेतका निर्देशक रीता भण्डारी (जोशी) सहितको टोलीले आजै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पुगेर त्यहाँको जनशक्ति, सेवा प्रवाह, पीसीआर मेसिन, भेन्टिलेटर, आईसीयू र आइसोलेसन कक्षसहित सिंगाे भौतिक संरचनाको अनुगमन गरेको गरेको प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले जानकारी दिए।
“मुख्यमन्त्री शाही नेतृत्वको प्रदेश सरकारको टोलीले प्रतिष्ठानका पदाधिकारी र जुम्लाका आठवटै स्थानीय तहका प्रमुखहरूसँग बसेर कोरोना प्रतिकार्य, रोकथाम, नियन्त्रण, उपचार तथा राहत कार्यक्रमका विषयमा अन्तर्क्रिया कार्यक्रम गरेको छ”, रजिष्ट्रार काफ्लेले भने, “त्यसमा मुख्यमन्त्री शाहीले कर्णालीलाई कोरोनामुक्त बनाउन स्वाब परीक्षणको दायरा बढाउन निर्देशन दिएका छन्।”
उनका अनुसार प्रदेश सरकारले तोकेको २७ स्थानका साथै यहाँका ७१८ वडामा चिकित्सक टोली खटाउने, प्रत्येक वडाका १० जनाको स्वाब लिएर नमूना परीक्षण गर्ने, कोरोना नदेखिएको ठाउँमा खुकुलो गरेर सबैखाले गतिविधि सञ्चालन गर्ने र देखिएको स्थानलाई सिल गर्ने जनाइएको छ।
यद्यपि यो प्रदेशमा बाहिरबाट आउन नदिन लकडाउनलाई कायम राख्ने प्रदेश सरकारले बताएको छ। मुख्यमन्त्री शाही, मन्त्री रावलसहितको प्रदेश सरकारको टोली आजै सुर्खेत फर्कने जनाइएको छ। रासस
" /> सुर्खेत। कर्णाली प्रदेश सरकारले यहाँका हिमाली जिल्लामा एअरलिफ्टिङ गरेर चिकित्सक पठाएकाे छ।कोरोना भाइरसको प्रतिकार्य, रोकथाम तथा नियन्त्रण कार्यलाई थप प्रभावकारी बनाउन प्रदेश सरकारले आज प्रदेशअन्तर्गत १० जिल्लाका २७ ठाउँमा चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली पठाएको हो।

">