काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमित भइ निको भएर फर्किएकाहरूले कसैलाई रोग सार्न नसक्ने भन्दै उनीहरूमाथि विभेद नगर्न अनुरोध गरेको छ।
मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले निको भएर घर फर्किएका व्यक्तिलाई विभेद गरिएका खबर आइरहेको भन्दै उनीहरू सबै सामान्य जीवनयापनमा फर्किसकेकाले कुनै प्रकारको विभेद गर्न नहुने बताए।
“३१ जना निको भएर घर फर्किसकेका छन्। निको भएर फर्किएकालाई घरमा बस्न नदिएर गाउँमा छुट्टै राख्ने लगायतका कुरा सुन्नमा आएको छ”, उनले भने, “यो अवस्थामा घर-परिवार र स्थानीय निकायहरूको प्रत्यक्ष सहयोगको आवश्यकता पर्छ। निको भएर गएकाहरू सामान्य जीवनयापनमा फर्किसकेका छन्। उनीहरूले कसैलाई रोग सार्न सक्दैनन्।”
समाजमा डर, त्रास र गलत प्रचारका कारणले यस्तो समस्या निम्तिने गरेको भन्दै प्रवक्ता देवकोटाले मन्त्रालयले सार्वजनिक गर्ने आधिकारिक सूचनामा मात्र ध्यान दिन सबैमा आग्रह गरे।
मन्त्रालयले देशभर रहेका क्वारेन्टाइनमा बालबालिका पनि राख्नुपर्ने अवस्था रहेको भन्दै ती क्वारेन्टाइनमा बालमैत्री वातावरणको बनाउन निर्देशन दिएको छ।
" /> काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमित भइ निको भएर फर्किएकाहरूले कसैलाई रोग सार्न नसक्ने भन्दै उनीहरूमाथि विभेद नगर्न अनुरोध गरेको छ।मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले निको भएर घर फर्किएका व्यक्तिलाई विभेद गरिएका खबर आइरहेको भन्दै उनीहरू सबै सामान्य जीवनयापनमा फर्किसकेकाले कुनै प्रकारको विभेद गर्न नहुने बताए।

">