नदी कटानकाे उच्च जाेखिममा छन् सीमास्तम्भ
कैलाली। कर्णाली नदीले नेपाल-भारत सीमा क्षेत्रको टीकापुर नगरपालिकाका केही भागमा तीव्र कटानी गरिरहेको छ।

यतिबेला कर्णाली नदीले टीकापुर नगरपालिका-८, श्रीलंका टापुमा तीव्र कटानी गरिरहेको हाे।

नदी कटानले जमिन मात्रै नभएर सीमा क्षेत्रमा रहेका सीमास्तम्भहरू समेत जोखिममा परेका छन्।

पिल्लर नम्बर ७०१/१ नम्बरको सहायक सीमास्तम्भ नदीमा बग्न थोरै मात्र बाँकी छ। सीमास्तम्भ रहेको ठाउँबाट झण्डै एक मिटरको दूरीमा नदी कटान गर्दै पुगिसकेको छ।

सीमास्तम्भ कुनै पनि बेला नदीमा विलय हुने सम्भावना छ।

टीकापुर नगरपालिकाका मेयर तपेन्द्रबहादुर रावलले चाहेर पनि सीमास्तम्भ जोगाउने अवस्था नरहेको बताए।

उनले नेपालतर्फको थुप्रै भू-भाग नदीले बगाइसकेको बताउँदै सीमास्तम्भ जोगाउनै मुस्किल भएको बताए। उनले उक्त पिल्लरतर्फको भाग भारतमा पर्ने र उक्त क्षेत्रमा कर्णाली नदी बगिरहेका कारण समस्या भएको बताए।

कर्णाली र मोहना नदीले अहिलेसम्म टीकापुर नगरपालिकाभित्रका चार मुख्य र १० सहायक सीमास्तम्भ बगाइसकेको छ।

अहिलेसम्म नगरपालिकाभित्रका मुख्य सीमा स्तम्भ ७०१, ७०३, ७०४ र ७०६ र सहायक सीमास्तम्भहरू ७०२/२ देखि ७०२/७ सम्म, ७०४/३, ७०४/४, ७०४/६ र ७०५/३ नदीले बगाइसकेका छन्।

ती सीमास्तम्भ हराएकाेबारे दुई देशको सीमा सर्भे टोलीको रिपोर्टमा समेत उल्लेख गरिएको छ ।

१०१ किलोमिटर क्षेत्रफल रहेको कैलालीमा जम्मा २८२ सीमास्तम्भ छन्, जसमध्ये ५३ मुख्य र बाँकी सहायक सीमा स्तम्भ रहेको सीमा सर्भे टोली नेपालतर्फको टोली नं. ४ का टीम लिडर सुदर्शन धामीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्