मृतक भुसालका आफन्त र स्थानीयबवासिन्दाले उनको हत्या नै भएको भन्दै दोषी पत्ता लगाई कारबाही गर्न माग गरेका छन्।
प्रहरीले घटनाको अनुसन्धानका लागि ५ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता, प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताए।
निजी विद्यालयहरूको संगठन एनप्याब्सनका पूर्वकेन्द्रीय उपाध्यक्ष समेत रहेका कृष्णप्रसाद भुसालको शव ११ वैशाख राति घोडाघोडी नगरपालिका-१० पहलवानपुर बजारबाट करीब एक किलोमिटर पश्चिममा सडक छेउमा फेला परेको थियो।

निजी विद्यालय सञ्चालकको मृत्युबारे छानबिन माग गर्दै लकडाउनमै प्रदर्शन: Dekhapadhi
निजी विद्यालय सञ्चालकको मृत्युबारे छानबिन माग गर्दै लकडाउनमै प्रदर्शन

कैलाली। निजी विद्यालय सञ्चालक कृष्णप्रसाद भुसालको मृत्युको घटना छानबिन गरी दोषीलाई कारबाहीको माग गर्दै कैलालीमा प्रदर्शन गरिएको छ।

बिहानी क्षितिज बोर्डिङ स्कुलका सञ्चालक भुसालको शंकास्पद मृत्यु भएको १८ दिन पुगिसक्दा समेत प्रहरीले अनुसन्धानमा चासो नदेखाएको भन्दै स्थानीयवासिन्दाहरूले लकडाउनकाबिच आज पूर्व-पश्चिम राजमार्गको गौरीगंगा नगरपालिका- ९ मसुरियामा बिरोध प्रदर्शन गरिएको हो।

मसुरिया बजारमा भेला भएका करीब २०० भन्दा बढी स्थानीयवासीले पूर्व-पश्चिम राजमार्गको सो खण्ड अवरुद्ध पार्दै नाराबाजी र प्रदर्शन गरेका छन्।