काठमाडौं। इटालीका पूर्व कप्तान फाबियो कानाभारोले अर्जेन्टिनाका लागि बार्सिलोनाका सुपरस्टार लियोलन मेस्सीभन्दा डिएगो म्यारोडोना सर्वकालीन महान खेलाडी भएको बताएका छन्।
म्यारोडोना र मेस्सी दुवै अर्जेन्टिनाका महान खेलाडी हुन्। म्यारोडोना र मेस्सीले दुई फरक समयको प्रतिनिधित्व गर्छन्। अर्जेन्टिनामा मेस्सी र म्यारोडोनाबीच को माथि भन्ने बहस चलिरहन्छ।
मेस्सीले कीर्तिमानी ६ पटकको बालोन डी’ओर अवार्ड जिते पनि इटालीका पूर्वरक्षक कानाभोरो १९८६ मा अर्जेन्टिनालाई विश्वकपको उपाधि दिलाउने म्यारोडोना महान खेलाडी भएको बताउँछन्। चिनियाँ सुपरलिग ग्वान्जाओ इभरग्रान्डका प्रशिक्षक कानाभारोले स्काई स्पोर्ट्ससँग कुराकानीमा यस्तो बताएका हुन्।
‘‘म मेस्सीलाई धेरै सम्मान गर्छु। नयाँ पुस्ताका उनी उत्कृष्ट खेलाडी हुन्। तर, म्यारोडोना फरक छन्। किनकी त्यो बेला र अहिलेको फुटबल फरक छ’’, २००६ मा इटालीले विश्वकप जित्दा टीमको कप्तान रहेका कानाभारोले भने, ‘‘मेस्सी राम्रा छन्। तर म्यारोडोना अर्को विश्वमा छन्। म उनलाई अन्य खेलाडीसँग तुलना गर्न सक्दिनँ। मैले पेलेको खेल हेरिनँ। तर, मैले सात वर्षको उमेरमा म्यारोडोनाको हरेक खेल हेरेको छु। उनी उत्कृष्टमध्येको एक होइन। उनी उत्कृष्ट हुन्।’’
म्यारोडोनाले पनि बार्सिलोनाबाट थुप्रै उपाधि जितेका थिए। उनले क्याटलान क्लबबाट कोपा डेल रे, कोपा डे ला लिगा र सुपरकोपा डे स्पानाको उपाधि जितेका थिए। ५९ वर्षे म्यारोडोनाले बार्सिलोनाबाट इटाली गएका थिए। इटालीको नेपोलीमा पनि म्यारोडोना प्रतिष्ठित खेलाडी बनेका थिए। नेपोलीबाट म्यारोडोनाले दुई सिरी ‘ए’ लिग, यूईएफए कप, कोपा इटालिया र सुपरकोपा इटालियनाको उपाधि जितेका थिए।
बार्सिलोनाका फरवार्ड मेस्सीले क्लबका लागि सबै उपाधि उपाधि जिते पनि देशको लागि ठूला प्रतियोगिताको उपाधि जित्न सकेका छैनन्।
मेसीले बार्सिलोनाबाट १० स्पेनिस ला लिगा उपाधि जितेका छन्। त्यससँगै मेस्सीले चार यूईएफए च्याम्पियन्स लिग, ६ कोपा डेल रे, आठ सुपरकोपा डे स्पाना, चार फिफा क्लब वर्ल्डकप, तीन युईएफए सुपर कपको उपाधि जितेका छन्। अर्जेन्टिनाबाट उनले फिफा यू-२० विश्वकप तथा २००८ को ओलम्पिकको उपाधि जितेका थिए।
" /> काठमाडौं। इटालीका पूर्व कप्तान फाबियो कानाभारोले अर्जेन्टिनाका लागि बार्सिलोनाका सुपरस्टार लियोलन मेस्सीभन्दा डिएगो म्यारोडोना सर्वकालीन महान खेलाडी भएको बताएका छन्।म्यारोडोना र मेस्सी दुवै अर्जेन्टिनाका महान खेलाडी हुन्। म्यारोडोना र मेस्सीले दुई फरक समयको प्रतिनिधित्व गर्छन्। अर्जेन्टिनामा मेस्सी र म्यारोडोनाबीच को माथि भन्ने बहस चलिरहन्छ।

">