काठमाडौं। पत्रकार जमाल खशोग्गीका मंगेतरले न्युक्यासल युनाइटेड र प्रिमियर लिगले अर्थिक लाभभन्दा नैतिक मूल्यमान्यतालाई प्राथमितकतामा ध्यान दिनुपर्ने बताएकी छिन्।
साउदी अरेबियाको ‘पब्लिक इन्भेष्टमेन्ट फण्ड’ले ३० करोड पाउण्डमा इङ्लिस प्रिमियर लिगको क्लब न्युक्यासलको ८० प्रतिशत शेयर किनेको थियो।
‘‘नैतिक मूल्यहरूको विजय हुनुपर्दछ। न्युक्यासलका व्यवस्थापन र निर्णयकर्ताहरूसँग म सन्देश पुर्याउन चाहन्छु कि आर्थिक वा राजनीतिक कुरालाई मात्र नभई नैतिक मूल्यमान्यतालाई पनि ध्यान दिनुपर्छ’’, ह्याटिस सेन्जिजले बीबीसीसँग भनिन्, ‘‘पैसाले विश्वका सबै कुरा किन्न सक्दैन। त्यसैले बीन सलमानलाई पनि यो सन्देश दिन अत्यन्त महत्वपूर्ण छ। इङ्लिस फुटबलमा अत्याचार र हत्याको आरोप लगाइएका व्यक्तिहरूको लागि कुनै स्थान दिनुहुँदैन।’’
यस विषयमा प्रियिमर लिगले टिप्पणी गर्न अस्विकार गरेको बीबीसीले जनाएको छ।
खशोग्गी साउदीका स्तम्भकार हुन्। उनको २०१८ मा हत्या भएको थियो।
पश्चिमा खुफिया एजेन्सीहरूले राजकुमार मोहम्मद बीन सलमानले हत्या गर्नका लागि आदेश दिएको आरोप लगाउँदै आएका छन्। तथापी, उक्त आरोपलाई बीन सलमानले अस्वीकार गर्दै आएका छन्।

साउदीविरुद्ध असन्तुष्टि जनाउँदै आएका खशोग्गी अमेरिकामा निर्वासनमा बस्दै आएका थिए। सेन्जिजसँग विवाह गर्ने तयारीमा रहेका खशोग्गीको २ अक्टोबर २०१८ मा हत्या भएको थियो।
अनुसन्धानकर्ताहरूले ५९ वर्षे खशोग्गीको हत्या गरी शवलाई टुक्रा-टुक्रा बनाइएको बताउँदै आएका छन्।
पश्चिमा एजेन्सीहरूले त्यसमा राजकुमार मोम्मद बीन सलमान र साउदीका उच्च अधिकारीहरूको संलग्नता रहेको आरोप लगाउँदै आएका छन्।
साेही मुद्दामा गत वर्ष साउदी अरेबियाको अदालतले पाँच जनालाई मृत्युदण्ड र तीन जनालाई जेल सजाय सुनाएको थियो। टर्कीले शंकास्पद २० जना माथि अनुसन्धान थालेको थियो।
" /> काठमाडौं। पत्रकार जमाल खशोग्गीका मंगेतरले न्युक्यासल युनाइटेड र प्रिमियर लिगले अर्थिक लाभभन्दा नैतिक मूल्यमान्यतालाई प्राथमितकतामा ध्यान दिनुपर्ने बताएकी छिन्।साउदी अरेबियाको ‘पब्लिक इन्भेष्टमेन्ट फण्ड’ले ३० करोड पाउण्डमा इङ्लिस प्रिमियर लिगको क्लब न्युक्यासलको ८० प्रतिशत शेयर किनेको थियो।

">