अछामबाट हेलिकप्टरमा उद्धार गरिएकी सुत्केरीको मृत्यु
<p>कैलाली। अछामबाट नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरी नेपालगञ्‍ज रेफर गरिएकी सुत्केरीको मृत्यु भएको छ ।</p>
<p>स्वास्थ्य अवस्था जटिल भएपछि रामारोशन गाँउपालिका भाटाकाटियाकी २४ वर्षीया देउमी साउँदलाई हिजो, २७ वैशाखमा हेलिकप्टरबाट उद्धार गरी थप उपचारका लागि कोहलपुर लगिएको थियो।</p>
<p>सुत्केरी भएको २५ दिनपछि ती महिलाको पेटमा अत्यधिक रगत जमेको, निरन्तर रक्तश्राव एवं पिसाब रोकिएको थियो।</p>
<p>शल्यक्रियाको तयारी गर्दै गर्दा अप्रेसन कक्षमा लैजान नपाउँदै उनको मृत्यु भएको देउमाका पति मानबहादुर साउँदले बताए।</p>
प्रतिक्रिया दिनुहोस्
