दिल्लीमा अर्का नेपालीको पनि मृत्यु
<p>काठमाडौं। दिल्लीमा २६ वैशाख साँझ अर्का युवाको मृत्यु भएको छ। मृत्यु हुनेमा दाङको बंगलाचुली गाउँपालिका–३ तिमेलीका गोविन्द खत्री रहेका छन्। उनको मृत्युको कारण भने खुलेको छैन।</p>
<p>लकडाउनका कारण कोठाभित्रै बिगत डेढ महिनादेखि बन्दी सरह जीवन बिताईरहेका मृतकका आफन्तले शवलाई नेपाल पुर्‍याउने व्यवस्था गरिदिन नेपाल सरकारसँग आग्रह गरेका छन्। दिल्लीस्थित नेपाली दूतावास र राजदूत निलाम्बर आचार्यलाई पटक-पटक सम्पर्क गर्दा पनि फोन नउठाएको मृतकका भाई हेमन्त खत्रीले गुनासो गरेका छन् । </p>
<p>दिल्लीको द्धारिका सेक्टर ७ मा दुई वटा कोठामा बन्द अवस्थामा रहेका दाङका १२ जनाले आफूहरूलाई पनि उद्दार गर्न सरकारसँग आग्रह गरेका छन् । यसअघि दिल्लीको आजादपुरमा कैलालीको धनगढी उपमहानगरपालिकाका एक जनाको मृत्यु भएको थियो। उनको शव समेत अस्पताल मै रहेको छ ।</p>
प्रतिक्रिया दिनुहोस्
