बुन्डेसलिगा शुरू हुनु एक साताअघि ड्रेस्डेनको पुरै टीम आइसोलेसनमा
काठमाडौं। जर्मनीको दोस्रो श्रेणी लिगको क्लब डायनामो ड्रेस्डेनका दुई खेलाडीमा कोरोना भाइरस संक्रमण देखिएपछि सम्पूर्ण टीम सदस्य र स्टाफलाई दुई साताको लागि आइसोलेसनमा राखिने भएको छ।

कोरोना भाइरस संक्रमणका कारण स्थगित बुन्डेसलिगा र बुन्डेसलिगा २ आउँदो शनिबार (३ जेठ) बाट पुनः शुरू गर्ने तयारीमा छ।

कोभिड-१९ को जोखिमका कारण स्थगित भएर पुनः शुरू हुन लागेको बुन्डेसलिगा युरोपको पहिलो लिग हुनेछ।

‘‘अबको १४ दिनसम्म हामी न त ट्रेनिङ गर्न पाउँछौं न अभ्यास नै गर्न पाउछौं,’’ डायनामोले भनेको छ।

जर्मन फुटबल संघ (डीएफबी)ले बिहीबार खेल स्वास्थ्य प्रोटोकलको कडा पालना गरेर सिजन शुरूआत गर्ने बताएको थियो।

डीएफबीका अनुसार रंगशालामा समर्थकलाई प्रवेश निषेध गरिनेछ भने सबै खेलाडीको कोभिड-१९ परीक्षण हुनेछ।

खेल सयममा रंगशालाभित्र खेलाडी, कर्मचारी र अफिसियल गरी मैदानमा तीन सयको हाराहारीमा मान्छे हुनेछन्।

कोरोना भाइरसका कारण जर्मनीमा १३ मार्चबाट फुटबल स्थगित भएको थियो। लिग शुरू हुने भएपछि अप्रिलको मध्यबाट क्लबहरूले ट्रेनिङ शुरू गरेका थिए।

तर, बुन्डेसलिगा टू को पुछारमा रहेको ड्रेस्डेनले लिग पुन शुरू भए पनि आफूहरूले शुरूका खेल खेल्न नसक्ने बताएको छ।

‘‘केही सातायता हामीले निर्धारित सबै मेडिकल र स्वास्थ्य सरक्षाका उपायहरू कडाईका साथ लागु गर्नका लागि सबैले अथक प्रयास गरेका छौं,’’ ड्रेस्डेनका खेलकुद निर्देशक राल्फ मिन्गेले भने, ‘‘जिम्मेवार स्वास्थ्य अधिकारी र जर्मन फुटबल लिगसँग निरन्तर सम्पर्कमा छौं र अब कसरी अघि बढ्ने विषयमा समन्वय गरिरहेका छौं।’’

ड्रेस्डेनले १७ मेमा हानोभर ९६ विरुद्धको खेलबाट सिजनको पुन शुरूआत गर्दैथियो।

प्रतिक्रिया दिनुहोस्